कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन साट्ने बहानामा १० लाख लुटपाट

अनिश तिवारी

सिन्धुपाल्चोक — बलेफी गाउँपालिकाको ७४ किलो नजिक जङ्गलमा अज्ञात समूहले सुन साट्ने बहानामा एक युवाको १० लाख लुटेका छन् । मङ्गलवार दिउँसो बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा आएका ३ जनाले सुनसरीका निरोज घिमिरे र राजधानीका मेखराज खत्रीको सो रकम लुटेका हुन् । 

सुन साट्ने बहानामा १० लाख लुटपाट

सस्तोमा सुन दिने सपना देखाएपछि उनीहरूलाई ७४ किलोको जङ्गलमा ‘साजन ’ नाम भएका व्यक्तिले बोलाएका थिए । त्यही स्थानमा कुटपिट गरी रकम लुटेर लगेको प्रहरीले जनाएको छ ।


‘रड प्रहार गरेपछि १० लाख लुटे, सोही अनजान लुटेरालाई खोजिरहेका छौँ,’ इलाका प्रहरी कार्यालय जलविरेका प्रहरी निरीक्षक गोपाल प्रसाद ढकालले भने । उनले प्रहरीमा यसबारे खबर आए लगत्तै अनुसन्धानलाई तीव्र बनाइएको सुनाए । ‘सुन साट्ने लोभ र ठग्ने गिरोहबाट १० लाख लुट्ने काम भएको देखिन्छ,’ उनले भने ।


यसरी भयो घटना

केही दिन यता सुनसरीका निरोज घिमिरे र काठमाडौँका मेखराज खत्रीको अज्ञात साजनसँग गफ भइरहेको थियो । आफूसँग एक किलो सुन भएको र २८ लाख दिएमा साट्ने प्रतिबद्धता सहित ‘साजन’ भेट्न तयार भए ।


७४ किलोमा भेट्ने योजनालाई मानेर उनीहरूले बलेफी गाउँपालिका ५ स्थित ७४ किलो जङ्गलमा पुगे । ‘साजन’ नामक अपरिचित व्यक्तिले फोनमै दुई जना मात्रै आउने सर्त राखेपछि एक जना साथी बलेफीमा छोडेर दुई जना मात्रै गएका हुन् ।


राजधानीबाट ‘साजन’भन्ने व्यक्ति एक किलो सुन लिएर आउने आसमा १० लाख लिएर एक घण्टा कुरिरहेका उनीहरूलाई पछाडिबाट रुमालले मुहार छोपेका तीन व्यक्तिले प्रहार गरे ।


अनजान तीन व्यक्तिले घिमिरेको टाउको रड र खत्रीलाई निर्घात कुटे । हालै १० लाख दिए एक किलो सुन पाउने सपना बुनेका उनीहरूलाई मुर्छा पर्ने गरी कुटेपछि १० लाखको झोला लिएर फरार भए ।

प्रकाशित : पुस १८, २०७५ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?