कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रेशम चौधरी शपथ ग्रहण कार्यक्रम ३ बजेलाई सर्‍यो

काठमाडौँ — टीकापुर घटनाको मुख्य अभियुक्तको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीले शपथ लिने भएका छन् । बिहीबार बिहान साढे ११ बजे प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको कार्यकक्ष सिंहदरबारमा चौधरीलाई सांसदको शपथ ग्रहण गराउने कार्यक्रम रहेको भएपनि चौधरी आउन ढिला हुने र संसद मध्यान्ह बस्ने भएछि ३ बजेलाई शपथको कार्यक्रम सारिएको हो ।

रेशम चौधरी शपथ ग्रहण कार्यक्रम ३ बजेलाई सर्‍यो

कारागारमा सरकारी निकायले शपथबारे कुनै जानकारी नगराउँदा उनी भित्रबाट निस्कन पाएनन् र तोकिएको समयमा शपथ लिन जान पाएनन् ।


संघीय समाजवादी फोरम, नेपालका सांसद उमाशंकर अरगरियाका अनुसार सांसद चौधरी जेलबाट आउन अझै १ घण्टा लागेने भएपछि संसद बैठकलाई लक्षित गर्दै शपथको समय दिउँसो ३ बजेलाई सारिएको हो । उनले भने, 'उहाँ (रेशम चौधरी) आउन अझै समय लाग्ने भयो । आजै दिउँसो संसद पनि छ । सभामुख संसदमा जानुपर्ने भएकोले अहिलेको शपथ कार्यक्रमलाई दिउँसो ३ बजे सारिएको छ । '

चौधरी डिल्लीबजार कारागारमा छन् । कारागारमा सरकारी पक्षबाट कुनै जानकारी नभएपछि चौधरीलाई कारागार व्यवस्थापनले बाहिर निस्कन दिएन । श्रीमान कारागारबाट निस्कने भएपछि उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी माला लिएर कारागारको गेटमा बसेकी थिइन् । श्रीमान कारागारबाट बाहिर ननिस्किएपनि उनी अहिले डिल्लीबजारमै बसिरहेकी छन् ।

उनी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद हुन् । राजपाका नेताहरुले सांसद चौधरीलाई शपथ दिलाउन र संघीय संसदको काम कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसदमा र सचिवालयसँग बारम्बार माग गर्दै आएका थिए ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्बाङले निर्वाचन आयोगले चौधरी विजय भएको प्रमाण पत्र सभामुखको कार्यकक्षमा पठाएपछि शपथको लागि प्रक्रिया सुरु गरिएको जानकारी दिए ।


उनले भने, 'सभामुखले चौधरीलाई मेरै कार्यकक्षमा ल्याए म शपथ गराउँछु भन्नु भएको थियो । कानुन बमोजिम यो शपथ प्रक्रिया अघि बढाउन हामीले भूमिका खेलेको हौं । उहाँको मुद्दा र यो शपथ फरक कुरा हो । ती हामीसँग सम्बन्धित कुरा होइन । त्यसैले शपथ गराउन पहल गरेका हौं । उहाँको मुद्दा कानुनअनुसार अघि बढ्छ ।'


चौधरी गत वर्ष भएको प्रतिनिधि सभाको चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट ३४३४१ मत ल्याएर विजयी भएका थिए । उनको निकटतम प्रतिस्पर्धी तत्कालीन वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र ल्याएकी थिइन् । चौधरी र शाहबीचको मतअन्तर २० हजार ९ सय ३५ थियो ।


चौधरी कैलाली घटनाका मुख्य आरोपी भएको हुन् । घटनापछि उनी प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए ।


०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । उक्त आन्दोलनलाई चर्काउन चौधरीले मुख्य भूमिका खेलेको आरोप लागेको थियो ।


चुनाव जितिसकेपछि गत फागुन १४ गते सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए । टीकापुर घटनाका अभियुक्त रेशम चौधरी पूर्पक्षका लागि जेल चलान भएका भएका थिए । न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरी कसुरदार छैनन् भन्न सकिने अवस्था नभएको भन्दै थुनामा पठाएका थिए ।

यो पनि पढ्नुहोस्ः

- रेशम चौधरीको निवेदन दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

- रेशम चौधरीको निवेदन अस्वीकृत

- फरार रहेका रेशम चौधरीद्वारा अदालतमा आत्मसमर्पण

- रेशम चौधरीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश

- रेशम चौधरीले १८ दिनदेखिको अनशन तोडे

- रेशम चौधरीलाई नछाड्न पीडितहरूको आग्रह

- रेशम चौधरी अपराधी नै हुन् : एआईजी नेपाल

- ‘रेशम चौधरीको शपथको वातावरण बने राजपा सरकारमा’

प्रकाशित : पुस १९, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?