शिक्षकको कुटाईबाट विद्यार्थी घाइते

बिप्लब महर्जन

सल्यान — बाग्चौर नगरपालिका-२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयमा दुई शिक्षकले कक्षा १० मा अध्ययनरत छात्र बिशाल बस्नेतलाई कुटपिट गरेका छन् । शिक्षकको कुटपिटबाट छात्र बस्नेत घाइते छन् ।

शिक्षकको कुटाईबाट विद्यार्थी घाइते

बुधबार दिउँसो १२ बजेतिर विद्यालयमा छात्र बस्नेत र अर्का एक विद्यार्थीबीच सामान्य झगडा हुँदा सहायक प्रधानध्यापक तुलसीराम बस्नेत र अर्का शिक्षक यामबहादुर घर्तीले कुटपिट गरेका हुन् ।


विद्यार्थीका बुबा तेजबहादुर बस्नेतका अनुसार शिक्षकले कुटपिट गर्दा छोरा बेहोस भएको थियो । बेहोस अवस्थामा कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा ल्याएर उपचार गरिएको थियो । बिशालको पेट, टाउको, छाती र खुटटामा चोट लागेको उनले जानकारी गराए ।


शिक्षकले दुई/तीनपटकसम्म पिट्दा थाहा पाएपनि त्यसपछि बेहोस हुँदा श्रीनगर ल्याउदासम्म केही थाहा नभएको पीडित विद्यार्थीले बताए । विद्यालयका प्रधानाध्यापक पूर्ण भण्डारीले दुई विद्यार्थीबीच झगडा भइरहेका समयमा शिक्षकहरुले छुटाउन खोजेको र त्यसै क्रममा सामान्य चोटपटक लागेको हुन सक्ने बताए । नियतबस विद्यार्थीलाई शिक्षकले कुनैपनि हातपात नगरेको उनको भनाई छ ।

प्रकाशित : पुस १९, २०७५ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?