३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सरकारका प्रवक्ता बाँस्कोटा भन्छन्, 'अदालतले दोषी ठहर्‍याए रेशम चौधरीले सजाय भोग्नैपर्छ'

काठमाडौँ — टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीलाई कानुनी कारबाही हुने सरकारले स्पष्ट पारेको छ ।  सिंहदरबारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले कानुनी राज्यमा अदालतले गरेको निर्णय मान्नै पर्ने भन्दै रेशम चौधरीले पनि अदालतको फैसला मान्नु पर्ने बताए । 

सरकारका प्रवक्ता बाँस्कोटा भन्छन्, 'अदालतले दोषी ठहर्‍याए रेशम चौधरीले सजाय भोग्नैपर्छ'

न्यायिक तहका निरुपण हुने विषयलाई राजनीतिसँग जोडेर हेर्न नमिल्ने बताउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका बाँस्कोटाले भने, 'जो सुकै होस् तोकिएको सजायँ पाउनै पर्छ ।'


कैलाली टीकापुरको घटनाबारे सबै जानकारी रहेको भन्दै मन्त्री बाँस्कोटाले अदालतले दोषी ठहर्‍याए चौधरीले कारबाही भोग्दै पर्ने बताए । उनले भने, 'सबैलाई थाहा भएकै कुरा हो, टीकापुरमा के भएको थियो भन्ने । अदालतले पनि दोषी ठहर्‍याइसकेको अवस्थामा उहाँले पनि सजाय भोग्नै पर्छ ।'


उनले लोकतान्त्रिक पद्धतिमा हुकुम प्रमाङ्गीबाट नचल्ने बताउँदै भने , 'उहाँ कानुनी बाटोमा जाने हो । जे हुन्छ अदालतबाट हुन्छ ।'

प्रकाशित : पुस १९, २०७५ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?