सरकारको आभाष जनताले गर्न पाउनुपर्छ : उपसभामुख

रासस

उर्लाबारी — प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले देशका तीन वटै सरकारको आभाष जनताले गर्न पाउनुपर्ने बताएकी छन् । 


नेपाल नेत्रहीन संघ मोरङले १७ औँ साधारणसभाको शुक्रबार बेलबारी नगरपालिकामा उद्घाटन गर्दै उपसभामुख तुम्बाहाम्फेले तीनवटै सरकारबीच सहकार्य भएर विकासको गतिमा अघि बढ्नुपर्ने धारणा राखिन्।

नेपालको संविधानले सबै जाति, धर्म, लिंग समुदायलाई समेटेको भन्दै उपसभामुख तुम्बाहाम्फेले भनिन्,'अब तीव्र विकासको गतिमा अघि बढ्न आवश्यक छ।' सो अवसरमा उनले मोरङका ३८ न्यून दृष्टियुक्त व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेकी थिईन्।

प्रकाशित : पुस २०, २०७५ २१:३७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नेकपाको संगठन अझै अन्योल

तल्लो तहको एकता अझै बाँकी, मापदण्ड बनाउन कार्यदलले काम गर्दै 
कान्तिपुर संवाददाता

काठमाडौँ — पार्टी एकता भएको झन्डै आठ महिना बितिसक्दा पनि नेकपाको पूर्ण सांगठनिक आकार तयार भएको छैन । झन्डै १५ दिन लामो स्थायी समिति बैठक भर्खरै सकियो । त्यसमा पार्टीको संगठन आकार तयार गर्नेभन्दा नेताका कार्यशैली र सरकारको कामकारबाहीबारे बढी बहस र विवाद भयो ।

अहिले नेकपाले केन्द्रदेखि प्रदेश र अधिकांश स्थानीय तहको नेतृत्व गरिरहेको छ । पार्टीको संगठन भने तदर्थ शैलीमा चलिरहेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रकै संगठनहरूले नै काम गरिरहेका छन् । स्थायी समितिमा अध्यक्षद्वयले पेस गरेको प्रतिवेदनमा पनि तल्लो तहसम्म एकताको ठोस प्रस्ताव आएन । बैठकबाट एउटा कार्यदल बनाइएको छ । उक्त कार्यदलले रिपोर्ट दिएपछि मात्र बल्ल तल्लो तहसम्मको एकीकरणको काम अघि बढ्ने छ ।

‘तल्लो तहको एकतासम्बन्धी मापदण्ड, विधानमा नमिलेका विषयबारे अध्ययन भइरहेको छ,’ कार्यदल सदस्य वेदुराम भुसालले भने, ‘चाँडै हामी प्रतिवेदन दिन्छांै । त्यस आधारमा पार्टीमा छलफलपछि निर्णय हुनेछ ।’

जेठमा एकीकरण भए पनि नेकपामा हालसम्म केन्द्रीय सचिवालय, केन्द्रीय समिति, स्थायी समिति र प्रदेश समिति मात्र बनेका छन् । पोलिटब्युरोसमेत बन्न सकेको छैन । केन्द्रीय विभागहरू बनेका छैनन् ।

नेताहरूको काम र जिम्मेवारी बाँडफाँट पनि भएको छैन । जिल्ला र त्योभन्दा तल्लोस्तरका कमिटी बनेका छैनन् । दुवै पार्टीका झन्डै दुई दर्जन भ्रातृ संगठन छन् । ती संगठन पनि तदर्थ शैलीमा चलेका छन् । दुवै पार्टी कमिटीहरू मिलेर काम गर्छन् । एकीकृत संगठन बनेको छैन ।

पुस र माघभित्र सबै काम सकेर फागुन र चैतमा देशव्यापी अभियान सञ्चालन गर्ने नेकपाको तयारी छ । अहिलेसम्म प्यारालाइज जस्तो बनेको संगठनलाई चलायमान गराउन मुलुकभर एकता सन्देश दिने खालको अभियान चलाउन लागेको हो ।

यससम्बन्धी प्रस्ताव स्थायी समितिमा आइसकेको छ । कार्यदलले प्रतिवेदन बुझाएपछि त्यसमाथि सचिवालयमा छलफल हुनेछ । स्थायी समितिले त्यसपछि छलफल गरी अभियानको अन्तिम टुंगो गर्ने नेताहरूले बताएका छन् ।

पार्टीका सबै संगठन मिलाउन यसअघि पटकपटक प्रयास भए । तर संगठनभित्र कुन पक्ष र कुन नेताका को पार्ने भन्ने आन्तरिक किचलो निम्तियो । प्रदेशका इञ्चार्जहरू बनाउँदा वरिष्ठ नेता माधव नेपालले असहमति पत्र नै पेस गरे । नेपाल पक्षले एउटा समूहलाई समाप्तै पार्ने ढंगले कमिटीहरू बनाउन खोजिएका भन्दै रोष प्रकट गरेपछि तल्लो तहको एकीकरणका लागि थप मापदण्ड बनाउनेतर्फ पार्टी लाग्यो ।

त्यसले गर्दा तल्लो तहको संगठन निर्माणको काम अल्झँदै गयो । अहिले स्थायी समितिले नै विशेष मापदण्ड बनाउने निष्कर्ष निकालेपछि विवादरहित ढंगले एकता प्रक्रिया अघि बढ्ने सम्भावना छ । मापदण्ड बनाउने कार्यदलमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपालनिकट व्यक्तिहरू मिलाएर राखिएको छ ।

प्रकाशित : पुस २०, २०७५ २१:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT