कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बम्जनको आश्रमबाट हराएकाको हत्या आशंका, नौ पोका नुनको खोल भेटियो 

अनिश तिवारी

सिन्धुपाल्चोक — तपस्वी रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका गरिएको छ । प्रहरीले वाइबाको खोजी गर्ने क्रममा आश्रमबाट करिब ३ सय मिटरको दूरीमा गाडीएको अवस्थामा नौ पोका नुनको खोल भेटिएपछि हत्याको आशंका गरेको हो ।

बम्जनको आश्रमबाट हराएकाको हत्या आशंका, नौ पोका नुनको खोल भेटियो 

'आश्रमबाट तीन सय मिटर पर नौ प्याकेट नुनको खोल भेटियो । त्यसमा हड्डी पाएको छैन' अनुसन्धानमा खटिएका प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले भने, 'शव अन्यत्रै लगेर जलाइएको हुनसक्छ ।'


सञ्चलालका छोरा महेन्द्रले बाबु खोजीपाऊँ भनी बिहीबार जिल्ला प्रहरीमा जाहेरी दिएका थिए । लगत्तै प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको थियो । त्यसपछि शुक्रबार नै प्रहरी टोलीले इन्द्रावती गाउँपालिकास्थित बाँडेगाउँको टोड्के वनस्थित बम्जनको ८० रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा छापा मारेको थियो । सञ्चलालका छोराले आफ्नो बुवालाई कुटेर मारेको आरोप लगाएका छन् ।

वाइबाको खोजीका लागि साता दिन अघिदेखि विशेष अनुसन्धान टोली खटाएको प्रहरीले जनाएको छ ।


यो पनि पढौं : बम्जन आश्रममा प्रहरी टोली


प्रकाशित : पुस २१, २०७५ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?