कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीलाई प्रतिप्रश्न गर्न समय नपाएपछि कांग्रेस सांसदद्वारा विरोध, बैठक स्थगित

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गरे लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रश्न गर्न समय माग गर्दा सभामुख कृष्णबहादुर महराले अनुमति नदिए पछि कांग्रेसका सांसदहरुले रोस्टम अगाडि उभिएर विरोध जनाएका छन् । सांसदहरुको विरोध पछि बैठक केही बेरका लागि स्थगित भएको छ ।

प्रधानमन्त्रीलाई प्रतिप्रश्न गर्न समय नपाएपछि कांग्रेस सांसदद्वारा विरोध, बैठक स्थगित

सम्बोधन लगत्तै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु, मिनेन्द्र रिजाल, गगन थापा लगायतले प्रश्न गर्न पाउनुपर्ने माग गरेका थिए । सभामुखले समय नदिएपछि बैठकमा उपस्थित कांग्रेसका सबै नेताहरुले उठेर विरोध जनाएका थिए । विरोधका बीच नै सभामुखले अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले निमित्त भरण कोष विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने अनुमति दिएपछि कांगेसका सांसदहरु रोस्टम घेर्न पुगेका थिए ।


रोस्टम अगाडि उभिएर कांग्रेस सांसदहरुले नाराबाजी गरिरहँदा दाहालले प्रतिवेदन पेश गरेका थिए । त्यसपछि भने सभामुख महराले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिएका थिए ।

प्रकाशित : पुस २२, २०७५ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?