कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

राष्ट्रपतिको आलोचना भएकोमा प्रधानमन्त्री आक्रोशित, राष्ट्रपतिलाई विवादमा ल्याउनु – ढोँग वा दरिद्रता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिपमाथिको आक्रमण गणतन्त्रमाथिको आक्रमण बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा आइतबार प्रधानमन्त्री ओलीले आफै नबोल्ने, केही नगर्ने र कुनै प्रतिवाद नगर्ने राष्ट्रपतिमाथि हमला गरेको भन्दै आक्रोश पोखेका हुन् ।

राष्ट्रपतिको आलोचना भएकोमा प्रधानमन्त्री आक्रोशित, राष्ट्रपतिलाई विवादमा ल्याउनु – ढोँग वा दरिद्रता

केही समययता प्रहरी तालिम केन्द्र हटाएर राष्ट्रपति निवास बढाउने खोजेको, विलासी गाडी र हेलिकप्टर किनेको भन्दै राष्ट्रपतिको आलोचना हुँदै आएको छ ।

'संवैधानिक व्यवस्थामा राष्ट्रपति आफैँ बोल्दैन । केही गर्दैन र कुनै प्रतिवाद गर्दैन । जुन संस्था आफैँ बोल्दैन, त्यसमाथि हमला गर्नुको अर्थ के हो? गणतन्त्रमा राष्ट्रपतिमाथिको आक्रमण भनेको व्यक्तिमाथिको हमला हैन, गण्तन्त्रमाथिकै हमला हो भन्ने हामी किन बुझी रहेका छैनौँ ?' प्रधानमन्त्रीले संसद्मा प्रश्न गरे, 'विवादमा ल्याइएको शीतल निवास सम्बन्धी हरेक निर्णय सरकारले गर्छ, राष्ट्रपति संस्थाले हैन । यस संस्थाको गरिमाकालागि राज्यबाट गरिने व्यवस्थामा अनावश्यक ढोँग वा दरिद्रता प्रदर्शन गरिरहनु पनि आवश्यक छैन ।'

उनले प्रहरी तालिम केन्द्र सम्बन्धी निर्णय पनि अहिलेको नभएई धेरै अघिको भएको बताए । तालिम केन्द्र स्थापनाकै बेला स्थान अभावको दाबी सहित “मध्य–सहरमा रहेको तालिम केन्द्र स्थानान्तरण गर्नुपर्ने” निर्णय गर्नेहरूबाटै अहिले अन्यथा टिप्पणी सुन्दा टीठ लागेको समेत उनले बताए ।

'संस्थाको मर्यादा रहेन भने लोकतन्त्र धराशायी हुन्छ । सम्माननीय राष्ट्रपतिका विरुद्ध विष–बमन हुँदा कसैकसैले त्यसैमा स्वाद मान्यौँ । आज त्यो ‘तिर’, सङ्घीय संसद्, प्रदेश र स्थानीय तहतर्फ सोझिएको छ' प्रधानमन्त्रीले प्रश्न गरे, 'कुनै समय रक्तअल्पताको औषधि सेवन गर्ने सांसदलाई लक्षित गर्दै सुत्केरीको औषधी खायो, पुरुष सांसद सुत्केरी भयो भन्ने अनाहकमा अफवाह फैलाइयो । त्यस्ता हरकतबाट संसद् कति बदनाम भयो र अतिवादलाई कसरी मलजल गर्‍यो?'

यसरी सांसदलाई बदनाम गराउनुमा असोज १८ र माघ १९ को तयारी थियो भन्नेमा सबै स्पष्ट भएको पनि उल्लेख गरे । 'अहिले, सबै सांसदहरूलाई ठग, लुच्चा, तेलचोरको रूपमा चित्रित गर्दै, चालक तथा निजी सहयोगीको भत्तासमेत हसुर्ने जस्तो गरी प्रचार प्रसार भई रहेको छ । जानेर होस् वा नजानेर, यसरी भएको सांसदमाथिको हमला, व्यक्तिमाथिको हमला मात्रै हैन प्रकारान्तरमा लोकतन्त्रमाथिको हमला हो, होस गरौँ' उनले भने ।

प्रधानमन्त्रीले संसद् सचिवालयले होस नपुर्‍याई कुनै त्रुटि भएको भए सजग भएर सच्याउन र जानी नजानी कसैबाट कमजोरी भएको छ पनि सच्याउन आग्रह गरे । 'एउटाले बिराउँदा सिङ्गो संस्था बदनाम हुनेमा सचेत होऔँ' उनले भने, ''घुँडा चुसेर' अघाइन्न भन्ने लोकोक्ति स्मरण गरौँ । व्यक्ति त आउँछन् जान्छन्, संस्थाको साख र मर्यादामाथि आँच आए हाम्रो लोकतन्त्र अप्ठ्यारोमा पर्छ ।'

सम्बोधनको पूर्णपाठ:

प्रकाशित : पुस २२, २०७५ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?