कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नवलपुरको मध्यविन्दुमा बस पल्टियो, २३ घाइते

नारायण शर्मा

नवलपरासी — मध्यविन्दुमा बिहान यात्रुबाहक बस पल्टिँदा २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तरगत मध्यविन्दु ११ बाहुनेकुनामा बिहान करिब ३ बजेतिर सुर्खेतबाट काठमाडौं जानका लागेको ना ५ ख ४६९६ नम्बरको बस अनियन्त्रित भइ पल्टिएको हो ।

नवलपुरको मध्यविन्दुमा बस पल्टियो, २३ घाइते

बस सडकबाट करिब १०० फिट उत्तर साईडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बसमा सवार ३४ जना यात्रुमध्ये २३ जना घाइते भएको र उनिहरुलाई चितवनको भरतपुरस्थित पुरानो मेडीकल कलेज पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरु सुर्खेत, कालिकोट, जाजरकोट, जुम्ला र दैलेखका रहेका छन् ।

बस चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका २१ बस्ने हरिबहादुर सुनारलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : पुस २३, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?