काठमाडौं वरपरका डाँडासहित उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानमा हिमपात

काठमाडौँ — काठमाडौं उपत्यकालाई घेरेका अग्ला डाँडासहित मुलुकका उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानमा हिमपात भएको छ । काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, मकवानपुरको दामन, दोलखाको कालिन्चोकलगायतका स्थानमा पनि सोमबार बिहानदेखि हिमपात भइरहेको छ ।

काठमाडौं वरपरका डाँडासहित उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानमा हिमपात

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले पश्चिम वायुको प्रभावका कारण देशैभर वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हिमपात भएको बताइन् ।


वर्षा र हिमपातसँगै जनजीवन प्रभावित बनेको छ । पश्चिमको डडेलधुरा र दिपायल हुँदै आइतबार प्रवेश भएको पश्चिम वायुका कारण पश्चिम क्षेत्रका उच्च हिमाली भागमा आइतबार दिउसोदेखि नै भारी हिमपात भएको थियो । पश्चिमको अपी, सैपाल, बझांग, खप्तड, रारा, जुम्ला, शेफोक्सुन्डो, मुस्तांग, मनांग, गोरखालगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ ।


पश्चिमी वायुको प्रभाव पूर्वतिर सर्दै गएपछि काठमाडौंसहितका पूर्वी भागमासमेत वर्षासहित हिमपात भएको हो । सोमबार दिनभरी नै काठमाडांैसहित देशका धेरैजसो भागमा वर्षा हुने मौसमविद कँडेलले बताइन् । मंगलवारदेखि भने पश्चिमी क्षेत्रको मौसममा केही सुधार आउने महाशाखाले अनुमान गरेको छ । बुधबारदेखि भने पूर्णरुपमा सुधार आउने महाशाखाले सूचना जारी गरेको छ ।

तस्बिर स्रोत : चन्द्रागिरी हिल्सका अभिषेक विक्रम शाहको फेसबुकबाट


प्रकाशित : पुस २३, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?