कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

वाइडबडी खरिदमा भएको अनियमिततामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी

‘निष्पक्ष रुपमा अनुसन्धान हुनुपर्छ, म सहयोग गर्छु’

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी खरिदमा भएको अनियमिततामा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् ।

वाइडबडी खरिदमा भएको अनियमिततामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबारमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वाइडबडी खरिदमा भएको अनियमितताको निष्पक्ष भएर अनुसन्धान गर्न समेत आग्रह गरेका छन् । उनले वाइडबडी खरिद गर्ने निर्णय आफ्नो कार्यकालमा नभएको र आफूले पूर्ववत निर्णयहरुलाई कार्यान्वयन मात्रै गरेको स्पष्ट पारेका छन् ।


‘मैले पहिले नै निर्धारण भइसकेको समय तालिका अनुसार रकम भुक्तानी गरेको हुँ, नेपाल बायु सेवा निगमलाई टाट पल्टनबाट जोगाउन सम्माननित सर्वोच्च अदालतको २०७३ पुष १ गतेकाे फैसला अनुसार पैंसा दिएको हो । मेरो व्यापारिक उद्देश्य होइन’ उनले भने, ‘मैले समय तालिका परिवर्तन गर्न मिलेन र भुक्तानी नदिएको भए बैना दिएको पैसा डुब्ने र विमान पनि नेपाल नआउने अवस्था थियो ।’

मन्त्री अधिकारीले आफू आउनु भन्दा अगाडि नै तय भएको तालिका अनुसार भुक्तानी दिएको दाबी गर्दै आफ्नो बचाउ गरेका छन् ।

उनले आफ्नो कार्यकालमा भएका सबै जिम्मेवारी लिन तयार रहेको र न्यायिक निकायले गरिरहेको छानबिनमा आफ्नो सहयोग रहने बताए ।

प्रकाशित : पुस २३, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?