२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

उपसिमितले तयार पारेकाे प्रतिवेदन लेखा समितिद्वारा संशोधन गरेर पास, बहालवाला र पूर्व मन्त्रीलाई कारबाही, गृहसचिवलाई सफाई

कञ्चन अधिकारी

काठमाडौँ — नेपाल वायुसेवा निगमले खरिद गरेका दुईवटा वाइडबडी विमानको खरिद प्रक्रियाबारे अध्ययन गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले गठन गरेकाे उपसिमितले तयार पारेकाे प्रतिवेदनमा छलफल गरी त्यसमा केही महत्वपूर्ण संशाेधन गर्दै लेखा समितिले पारित गरेको छ ।

उपसिमितले तयार पारेकाे प्रतिवेदन लेखा समितिद्वारा संशोधन गरेर पास, बहालवाला र पूर्व मन्त्रीलाई कारबाही, गृहसचिवलाई सफाई

उपसिमितले तयार पारेकाे प्रतिवेदनले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव प्रेमकुमार राईलाई कारबाहीका लागि सिफारिस गरेकोमा समितिले त्यसमा संशोधन गर्दै उनलाई सफाई दिने उल्लेख गरेकाे छ । संशोधनमा निगमका महाप्रबन्धकले गलत सूचना दिएका कारण उनलाई कारवाहिको सिफारिस गरिएपनि पछि प्रेमकुमार राईले दिएका सबै सूचनाका आधारमा विमान खरिद प्रकरणमा उनको कुनै संलग्नता नरहेको देखिएको बताइएकाे छ ।

यस्तै उपसमिति प्रतिवदेनले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र तत्कालीन मन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्र नारायण देवले सार्वजनिक खरिद ऐन विपरित विमान खरिद अगाडि बढ्दा पनि सतर्कता नअपनाएकोले नैतिक जिम्मेवारी र बदनियत देखिएकाे कारणले कारबाही सिफारिस गरिएकाेमा त्यसमा संशोधन गर्दै कानुन सम्मत कारवाहीका लागि सरकार र अख्तियारलाई निर्देशन दिने उल्लेख गरिएको छ ।

समितिको सोमबार बसेको बैठकले अनियमितता छानबिन उपसमितिको प्रतिदेनका आधारमा कारबाही बढाउन निर्देशन दिएको हो ।

समितिले निगम सञ्चालक समितिका सदस्य सचिव तथा महाप्रबन्धक भई पुरानो विमान खरिद गर्ने प्रक्रिया बढाइ प्रमुख भूमिका खेलेको देखिएकाले महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गरी कारबाही बढाउन निर्देशन दिएको छ ।

यस्तै, निगमबाट प्राप्त विवरणका आधारमा विमान खरिदका लागि बनाइएका उपसमितिमा रहेका ब्यक्ति र उक्त प्रकरणमा संलग्न अन्यमाथि पनि छानबिन गर्न निर्देशन दिएको छ ।

नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइडबडी विमानको खरिद प्रक्रियाबारे अध्ययन गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले म‌ंसिर २६ मा कांग्रेस सांसद राजेन्द्र कुमार केसी (राजन) को संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको थियाे । उपसमितिले गत बुधबार समितिलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

सार्वजनिक लेखा समितिका सिफारिस तथा निर्देशनहरु :

प्रकाशित : पुस २३, २०७५ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?