कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामाजिक सञ्जालमा गायिका माझीको चर्चा

स्याङ्जा — स्याङ्जाकी लोकगायिका विष्णु माझीले किन मुख ढाकिन् ? धेरैले यतिबेला प्रश्न गरेका छन् ।  उनी गुमनाम भएको समाचार आएसँगै जिल्ला प्रहरीले खोजी गरेको थियो ।

सामाजिक सञ्जालमा गायिका माझीको चर्चा

आइतबार स्याङ्जा प्रहरीको सम्पर्कमा आएकी उनले मुखमा कालो मास्क र कालो पछ्यौराले टाउकोसम्म छोपेकी थिइन् । अपराध गरेका व्यक्तिको भन्दा उनको व्यवहार फरक थिएन । ओभरकोट र लुङ्गीमा सजिएकी उनको अनुहार कसैले चिन्न सकेन । सेलिब्रेटी गायिका विष्णु हो भनेर सँगै ओहोरदोहोर गर्ने प्रहरीले समेत चिन्न सकेनन् । अनुहार छोपेको उनको फोटो कान्तिपुर पत्रिका र अनलाइनमा छापिएसँग प्रश्न उठ्न थालेको हो ।


सामाजिक सञ्जाल फेसबुकमा चारैतिर माझीकै चर्चा छ । उनी गायिका हुन् कि अपराधी ? सञ्चारकर्मी राजकुमार सिग्देल फेसबुकमा लेख्छन्, ‘विष्णु माझी अभियुक्त जसरी पुलिसकहाँ पुगिछन्, मास्क लगाएर । उनी पीडित भनिएकाले पछिल्लो सार्वजनिक फोटोले धेरै प्रश्न अनुत्तरित लागे ।’


स्याङ्जाकै एलपी ढकाल लेख्छन्, ‘उनी स्वेच्छाले भन्दा पनि दबाबमा अपराधीजस्तै बनेर हिंडिछन् । मुख देखाएर हिंड्न उनलाई स्वतन्त्रता छैन ।’ उनी स्वरकी धनी छन् । उनले स्वर दिएका हरेक गीत चर्चाको शिखरमा पुग्छन् । यसो त उनलाई सार्वजनिक भइदिए, बाहिर आइदिए हुन्थ्यो भन्ने सबैको माग छ । सामाजिक सञ्चालमार्फत उनका फ्यानले सार्वजानिक गर्न यत्रतत्र माग गरिरहेका छन् । उनी भने यो कुरामा सरोकार राख्दिनन् ।


उनी सार्वजनिक नहुनुमा स्याङ्जाका ज्ञानेन्दु पौडेलको बुझाइ छ, ‘सुन्दरमणि अपराधी हुन् । अहिलेको समयमा पनि केही जान्दिन भनेर बन्धक बनाउनु अपराधशिवाय अरू केही हुन सक्दैन । कलाकारलाई अंग्रेजी सिकाएर, आईटीमा पोख्त बनाएर अघि बढ्ने कि जान्दिन भनेर बन्धक बनाउने ? कताकता धम्की पनि दिने गरेका छन् कि जस्तो लाग्न थाल्यो । सत्यतथ्य प्रकाश पार्न निरन्तर कान्तिपुर लागिरहोस् ।’


विष्णु आइतबार स्याङ्जा आउँदा आफू खुसी र सुखी रहेको बताएकी थिइन् । आफू अनपढ भएकाले सुन्दरमणिको साथ लिनुपरेको उनको भनाइ थियो । गुमनाम हुनु आफ्नै खुसी रहेको उनले बताइन् । लक्ष्मण सापकोटाले फेसबुकमा यस्तो लेखे, ‘विष्णु माझीले व्यक्तिगत जीवन भन्न मिल्दैन, ऊ राष्ट्रको गहना हो । उसका बारेमा सबै कुरा नागरिकले थाहा पाउनुपर्छ ।’ सबैको चासोको विषय बनेकाले पनि विष्णुको सत्यतथ्य बाहिरियोस् भन्ने सबैको माग छ ।


आइतबार भएको छलफलमा प्रहरीले आवश्यक परे पुन: सम्पर्क गर्ने सर्तमा माझी दम्पतीलाई छाडेको थियो । विष्णुका श्रीमान् सुन्दरमणिले आफ्नो छुट्टै लक्ष्य भएकाले पूरा नहुँदासम्म सार्वजनिक नहुने बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला र जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालसँग कुराकानी गर्ने क्रममा समेत विष्णुले मुखबाट मास्क र टाउकोबाट पछ्यौरा उतारिनन् । एसपी लम्सालले अनुहारप्रति शंका लाग्यो भन्दै मास्क र पछ्यौरा हटाउन लगाएका थिए । अनुहारमा चाहिँ कुनै चोट, खत नभएको लम्सालले कान्तिपुरलाई बताए ।

यो पनि पढ्नुहोस्ः

गायिका विष्णु माझी स्याङ्जा प्रहरी कार्यालयमा, ११ वर्षपछि भेटे बाबुले छोरी

प्रकाशित : पुस २३, २०७५ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?