३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ठुलै खिचातानी छ भन्ने नठान्नु, सबै दल मिलेर जाने सहमति भएको छ : दाहाल

रमेशकुमार पौडेल

चितवन — पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्ष, प्रतिपक्षबीच राष्ट्रिय मुद्दामा मिलेर जाने सहमति भएको बताएका छन् । मङ्गलबार भरतपुरमा आयोजित कार्यक्रममा दाहालले भने, 'माथि दलहरूबीच ठुलै खिचातानी छ कि भन्ने नठान्नु ।' 

ठुलै खिचातानी छ भन्ने नठान्नु, सबै दल मिलेर जाने सहमति भएको छ : दाहाल

उनले प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र आफूबीच बैठक बसेको र राष्ट्रिय मुद्दामा मिलेर जाने सहमति भएको बताए । भूकम्प पुनर्निर्माणसम्बन्धी जिल्ला समन्वय बैठकमा बोल्दा दाहालले उक्त जानकारी गराएका हुन् । उनले भूकम्पपछिको पुनर्निर्माण उत्साहजनक भएको बताए । 'विगतमा के भए धेरै तनाव नलिउँ । अब सबै हातेमालो गरेर अगाडि बढ्ने हो' दाहालले भने ।

प्रकाशित : पुस २४, २०७५ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?