१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्काउट प्रमुखमा भण्डारी

काठमाडौँ — सरकारले उच्च माध्यमिक विद्यालय सङ्घ हिसानका महासचिव लोकबहादुर भण्डारीको संयोजकत्वमा नेपाल स्काउटको तदर्थ समिति गठन गरेको छ । 

स्काउट प्रमुखमा भण्डारी

स्काउट ६ महिनादेखि नेतृत्व विहीन थियो । युवा तथा खेलकुद मन्त्रालयले भण्डारीको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।


भण्डारी यस अघि स्काउटको सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । तदर्थ समितिमा कास्कीका शिवबहादुर भण्डारी, भक्तपुरका बिजेन्द्र ध्वजु, सर्लाहीका इन्द्रभुषण अधिकारी र धनुषाकी सीमा कर्ण छन् ।


समितिका पदाधिकारीलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । तदर्थ समितिलाई ६ महिनाभित्र ऐन संशोधन गरी निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । स्काउटको ऐन संशोधन नभएका कारण लामो समयदेखि निर्वाचन हुन सकेको छैन ।

प्रकाशित : पुस २४, २०७५ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?