कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

भोलिदेखि अनशन बस्छु : डा. केसी

विप्लव भट्टराई

इलाम — स्वास्थ्य शिक्षा र सेवामा सूधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीले भोलि (बुधबार)देखि इलाममा सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

भोलिदेखि अनशन बस्छु : डा. केसी

सदरमुकाम इलाम बजारमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै डा. केसीले संसदीय उपसमितिले १५ औं सत्याग्रहको उपलब्धिस्वरुप राज्यसँग भएको सहमति लत्याएकाले इलाममा १६ औं सत्याग्रह गर्ने चेतावनी दिएका हुन् ।


डा. केसीले लेखा समितिको उपसमितिको सिफारिशमा पुनरावलोकन गर्दै आफूहरुसँग भएका सहमति सरकारले अक्षरश पालना गर्नु पर्ने धारणा राखे । अबको सत्याग्रह स्वास्थ्य क्षेत्रसँग मात्र सम्बन्धित नरही कुशासनका विभिन्न पक्षविरुद्ध हुने केसीले बताए । यसअघि सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसी पुस १७ देखि अनशन बस्न इलाम आएका थिए । तर, संसदीय उपसमितिले २ दिनको समय माग गरेपछि उनले ७ दिनको समय दिएका थिए । यो अवधिमा पनि माग पूरा नभएको भन्दै पुन: सत्याग्रहका लागि उनी आजै इलाम आएका हुन् ।


सत्याग्रहका लागि जुनसुकै स्थल हुन सक्ने उनले बताए ।

प्रकाशित : पुस २४, २०७५ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?