कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चिकित्सा शिक्षाका अभियन्ता डा. केसीको १६ औं अनशन सुरु

विप्लव भट्टराई

इलाम — सरकारले आफुलाई धोका दिएको बताउँदै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बुधबार पाँच बजे १६ औं अनशन सुरु गरेका छन् ।

चिकित्सा शिक्षाका अभियन्ता डा. केसीको १६ औं अनशन सुरु

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले बुधबार दिउँसो पारित गरेपछि डा. गोविन्द केसीले अनशनको तयारी सुरु गरेका थिए । त्यसअघि अनशनको दिन तोकेको भएपनि समितिबाट सुधार अपेक्षा गर्दै दिउँसोसम्म पर्खेका थिए ।


अनशन सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा डा. केसीले सरकारले आफुलाई धोका दिएको बताए । उनले भने, 'सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक पारित गरियोस् ।'


उपसिमितले प्रस्ताव गरेको बिधेयकमा आफुसँग सरकारले गरेको सम्झौतालाई वेवास्ता गरेकाले अनशन बस्ने बताउँदै आएका उनले समितिले त्यही प्रस्ताव पारित गरेपछि अनशन सुरु गरेका हुन् । उनले गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारीलगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्तीलगायतका कारवाही गर्नु पर्ने, त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गर्नु पर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाउनु पर्ने, पूर्वी पहाडका ताप्लेजुंग, इलाम, पाँचथर, तेह्रथुमलगायतका जिल्लाका नागरिकलाई उपचारका लागि इलाममा, भोजपुर,ओखल्ढुंगा, खोटांग, सप्तरीलगायतका जिल्ला समेटेर उदयपुरमा, पश्चिमी पहाडका डडेल्धुरा, बैतडी, बझांगलगायतका जिल्ला समेटेर डोटी/डडेल्धुरामा अबिलम्ब मेडिकल कलेज तथा अस्पताल खोल्नु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्नेलगायतका माग रहेका छन् ।


त्यसैगरी निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनु पर्ने प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाउनु पर्ने तथा भ्रष्टाचार अन्त्य हुनुपर्ने माग गरेका छन् ।

यो पनि पढ्नुस्:

–केसीको १६ औं अनशन आज साढे चार बजेदेखि निश्चित [मागको पूर्ण विवरणसहित]


प्रकाशित : पुस २५, २०७५ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?