कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जलस्रोत सम्बन्धी नेपाल–भारत प्राविधिक समितिको बैठक सम्पन्न,  भोली सचिवस्तरीय बैठक

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीमा जलस्रोत सम्बन्धी नेपाल–भारत संयुक्त स्थायी प्राविधिक समिति (जेएसटिसि) को बैठक जारी छ । २४ र २५ पुसमा भएको बैठकमा जलस्रोत, उर्जा, बाढी पुर्वानुमान, नदी नियन्त्रणलगायतका विषयमा छलफल भएको थियो । 

जलस्रोत सम्बन्धी नेपाल–भारत प्राविधिक समितिको बैठक सम्पन्न,  भोली सचिवस्तरीय बैठक

जेएसटिसि बैठकको अध्यक्षता नेपालको तर्फबाट सहसचिव सुशिल तिवारी र भारतको तर्फबाट गंगा बाढी नियन्त्रण परिषदका अध्यक्ष एके सिन्हाले गरेका छन् ।


दुई वर्षपछि सम्पन्न जेएसटिसिको दुई दिने बैठकमा जलस्रोतसम्बन्धी द्विपक्षीय आयोजनाहरुको कार्यान्वयनको अवस्थाका विषयमा समेत छलफल भएको बैठकमा सहभागी एक उच्च अधिकारीले कान्तिपुरलाई जानकारी दिए । यसअघि जेठ २०७३ मा काठमाडौंमा जेएसटिसिको पछिल्लो बैठक बसेको थियो ।

त्यसैगरी बैठकमा महाकाली सन्धी अन्तर्गत टनकपुर बराजदेखि नेपालतर्फको नहर संरचनासम्म जोड्ने सहायक नहर, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना लगातमा विषयमा छलफल भएको बताइएको छ । नेपाल र भारतबीच महाकाली सन्धी भएको करीब २३ वर्ष बितिसक्दा पनि त्यसअन्तर्गत निर्माण हुनुपर्ने महाकाली सिचार्इं आयोजना भारतले लिंक नहर समयमा निर्माणन नगरिदिँदा अझै पनि सन्चालनमा आउन सकेको छैन । भारतले गएको भदौमा मात्र उक्त लिंक नहर निर्माणका लागि टेण्डर खोलेको छ ।

जेएसटिसि बैठकमा भएका निर्णयहरु २७ पुसमा नयाँदिल्लीमै हुने नेपाल–भारत सचिवस्तरीय संयुक्त जलस्रोत समिति (जेसिडब्लुआर) को बैठकले अनुमोदन गर्नेछ । करीब छ वर्षको अन्तरालमा बस्न लागेको जेसिडब्लुआरको बैठकमा नेपाली टोलीको नेतृत्व उर्जा सचिव दिनेश घिमिरेले गर्दैछन् । जेएसडब्लुआरको पछिल्लो बैठक माघ २०६९ मा काठमाडौंमा भएको थियो ।


प्रकाशित : पुस २६, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?