१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, आजै सुश्मा स्वराजसँग भेट्ने

नयाँदिल्ली — परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली राइसिना डायलगको चौथो संस्करणमा सहभागि हुन बिहीबार बिहान नयाँदिल्ली आइपुगेका छन् । मन्त्री ज्ञवालीले अपराह्न दिल्लिस्थित ताज प्यालेस होटलमा मंगलबारदेखि जारी राइसिना डायलगमा मन्तव्य दिने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, आजै सुश्मा स्वराजसँग भेट्ने


त्यसअघि आजै दिउँसो एक बजे ज्ञवालीले भारतीय विदेश मन्त्री सुश्मा स्वराजसँग भेट्दैछन् । भारतको विदेश मन्त्रालयमा हुने दिवाभोजसहितको भेटमा नेपाल र भारतबीचका दुईपक्षिय विषयमा छलफल हुने बताइएको छ ।


आज हुने विदेश मन्त्रीस्तरिय औपचारिक बैठक नेपालमा केपि शर्मा ओलि नेतृत्वको सरकार गठन भए यता दिल्लीमा पहिलोपटक हुन लागेको हो । भारतले आयोजना गरेको विम्सटेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा अन्तिम समयमा सहभागी नभए पछि नेपाल र भारतको उच्च राजनीतिक तहमा दुरी बढेको बताइएकोछ । नेपालको उक्त निर्णयप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले व्यक्तिगत रुपमा असन्तुष्टि जनाएको स्रोतको दाबी छ । यो पृष्ठभुमिमा आज हुन गइरहेको दुई मुलुकका विदेश मन्त्रीबिचको भेटलाइ विशेष चासोका साथ हेरिएको छ ।


यसअघि ज्ञवाली र स्वराजबीच गत भदौमा संयुक्त राष्ट्र संघको महासभाका बेला न्यूयोर्कमा साइडलाईन भेट भएको थियो । साथै भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीप्रति नेपाल सरकारका तर्फबाट समवेदना दिन दिल्ली आएका बेला ज्ञवालीले स्वराजसँग अनौपचारिक भेट गरेका थिए ।


मन्त्री ज्ञवाली शुक्रबार नै काठमाडौं फर्किनेछन्।

प्रकाशित : पुस २६, २०७५ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?