१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

'काठमाडौं भ्यू टावर' निर्माणले गति लिएन

रासस

काठमाडौँ — करिब चार वर्षदेखि सुरु भएको काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको कामले अझै गति लिन सकेको छैन । 

'काठमाडौं भ्यू टावर' निर्माणले गति लिएन

निर्माण कार्य सुरु भएको चार वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले १५ प्रतिशत मात्रै काम भएको काठमाडौँ महानगरपालिकाले नै स्वीकार गरेको छ ।


महानगरका निजी साझेदारी एकाइ प्रमुख ध्रुव काफ्लेका अनुसार सम्झौता भए अनुसार काम हुने हो भने अहिले त कम्तीमा पनि ७५ प्रतिशत काम सकिसक्नुपर्ने हो, त्यो अवस्था भने छैन ।


अहिलेसम्ममा जमिन मुनि ८० प्रतिशत काम भएको छ भनेमाथि नगण्य मात्रामा मात्रै काम भएको छ, समग्रमा १५ प्रतिशत भन्दाबढी काम भएको छैन ।


स्तम्भ निर्माणका लागि महानगरपालिका र जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबिच २०७१ फागुन २२ मा सम्झौता भएको थियो । सम्झौता अनुसार सम्झौता भएको पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् ।


काफ्लेका अनुसार उक्त स्तम्भ निर्माणको योजना भूकम्प अघि नै आएको र भूकम्पपछि निर्माण सम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन ।


'पछि काम गर्ने वातावरण हुँदा पनि काम गरेको पाइँदैन, अर्को कम्पनीलाई दिइहाल्ने अवस्था पनि छैन । कम्पनीले कामपालाई सुरुको समयदेखि नियमित रूपमा बुझाउनुपर्ने सम्झौता अनुरूपको कर दिइरहेको छ', प्रमुख काफ्लेले भने ।

प्रकाशित : पुस २६, २०७५ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?