कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विप्लव नेतृत्वको नेकपाका दुई विद्यार्थी नेता पक्राउ 

काठमाडौँ — नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई विद्यार्थी नेतालाई प्रहरीले उपत्यकाबाट गिरफ्तार गरेको छ । सीटीभीटीका संयोजक हर्कबहादुर विक र उपत्यका इन्चार्ज प्रज्ज्वल शाहीलाई बिहीबार गिरफ्तार गरेको हो । 

विप्लव नेतृत्वको नेकपाका दुई विद्यार्थी नेता पक्राउ 

शाही र विकलाई ललितपुरको सानेपाबाट गिरफ्तार गरेको हो । अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले २ नेता गिरफ्तार परेको पुष्टि गरे । संगठन विस्तारका क्रममा हिँडिरहेको अवस्थामा उनीहरुलाई सानेपाबाट पक्राउ गरेको उनले बताए ।

सरकारले शिक्षा क्षेत्रमा भइरहेको भ्रष्टचार, विकृति र विसंगतिविरुद्ध भण्डार गरेको भन्दै आफ्ना नेता पक्राउ गरेको उनले आरोप लगाए । उनीहरुको स्थिति अज्ञात रहेको भन्दै उनले तत्काल रिहाईको माग गरेका छन् ।

प्रकाशित : पुस २६, २०७५ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?