कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

तलब नपाएपछि रेजिडेन्ट डाक्टर हडतालमा

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकले बिहीबारदेखि अनिश्चितकालीन हडताल सुरु गरेका छन् । ८ महिनादेखि तलब (स्टाइपेन्ड) नपाएको भन्दै उनीहरू हडतालमा उत्रेका हुन् । 

‘भोकै पेट कहिलेसम्म काम गर्ने हो, तलब नपाएसम्म हडताल गर्छौं,’ नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा. सुमित पाण्डेले कान्तिपुरसँग भने । उनले स्वास्थ्य मन्त्रालयले रकम निकासा नगरेकाले तलब पाउन नसकेको बताए ।


रेजिडेन्ट चिकित्सकका प्रतिनिधि, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाल र महाराजगन्ज मेडिकल क्याम्पसका प्रमुख डा. प्रतापनारायण प्रसादले तलबका विषयमा बिहीबार मन्त्रालयका पदाधिकारीसँग भेटेर छलफल गरे पनि निष्कर्ष निस्केको छैन ।


मन्त्रालयका पदाधिकारीले अर्थ मन्त्रालयद्वारा रकम निकासा नआएको जवाफ दिएको रेजिडेन्ट चिकित्सकका प्रतिनिधिले दिए । रेजिडेन्ट चिकित्सकको मासिक स्टाइपेन्ड करिब ३४ हजार रुपैयाँ छ । शिक्षण अस्पतालमा करिब १ सय ८० जना रेजिडेन्ट चिकित्सक छन् ।

प्रकाशित : पुस २६, २०७५ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?