कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

समाचारमा आज : पोखराबाट श्रम स्वीकृतिदेखि वाइडबडी जहाज भ्रष्टाचारका दोषीलाई तत्काल कारबाही नगरिनेसम्म

काठमाडौँ — बलियो बहुमतसहित बनेको नेकपा नेतृत्वको सरकारलाई वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचार प्रकरणले ठूलो झट्का दिएको छ । संसद्को लेखा समितिले वहालवाला पर्यटनमन्त्रीसहितका अधिकारीहरुलाई कारबाही सिफारिस गरेपछि सरकारको चौतर्फी आलोचना भएको छ भने दोषीलाई उम्काउन खोजिएको आरोप पनि लगाइएको छ । त्यसलाई नै बल पुग्ने गरी सरकारले संसदीय समिति सर्वेसर्वा होइन भन्दै आफै आयोग गठन गर्‍यो । बिहीबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले झनै जहाज खरिदमा भएको अनियमतितामा मुछिएका कर्मचारी तथा मन्त्रीहरुलाई सरकारले तत्काल कारबाही नगर्ने जनाए ।

समाचारमा आज : पोखराबाट श्रम स्वीकृतिदेखि वाइडबडी जहाज भ्रष्टाचारका दोषीलाई तत्काल कारबाही नगरिनेसम्म

वाइडबडी भ्रष्टाचार काण्डमा मुछिएकालाई तत्काल कारबाही नगरिने : थप...


बम्जनका अनुयायी प्रहरी नियन्त्रणमा : यौन हिंसा र हत्या अभियोग लागेका तपस्वी भनिने रामबहादुर बम्जनको आश्रममा प्रहरीले केही हप्तादेखि निगरानी बढाएको छ। बम्जनलाई नै पक्राउ गर्नुपर्ने संसद्‌मा आवाज उठाइरहेको बेला बिहीबार प्रहरीले सिन्धुलीस्थित आश्रमबाट सोधपुछका लागि भन्दै उनका दुई अनुयायी नियन्त्रणमा लियो । थप...


पोखराबाट श्रम स्वीकृति सुरु : नयाँ संविधान जारी पछि देश नयाँ संरचनामा लागिएकाे छ, त्यो हो संघीयता । यो व्यवस्था लागू गरिए पनि स्थानीय तह र प्रदेशले अधिकार, कर्मचारी नपाएको गुनासो गरिरहेकै छन् । सिंहदरबारको अधिकार गाउँ गाउँमा भनिए बमोजिम काम नभए पनि विस्तारै विस्तारै सेवा, सुविधा विकेन्द्रिकृत भएको पनि देखिन्छ । जसकारण सर्वसाधारणले काठमाडौं धाउनुपर्ने बाध्यता हट्दै जाने छ । बिहीबार गण्डकी प्रदेशको राजधानी पोखराबाट श्रम स्वीकृति दिन थालिएको छ । थप...


ठगीको अनेक चाल : सरकारले देशमा शान्ति सुरक्षाको अवस्था मजबुत भएको दाबी गरिरहेको छ । तर, हत्या, हिंसा, बलात्कार र चोरी डकैतीका घटना कम भएका छैनन् । सतही ढंगले अनुसन्धान गर्ने प्रचलनले हरेक क्षेत्रका अनियमितता र संलग्नको पहिचान गर्न सकेको देखिँदैन । जसका कारण पेशेवर ठगी, लुटपाट र गलत कार्यमा लाग्नेहरुले आफ्नो धन्दा चलाइरहेकै छन् । त्यस्तै घटनामा संलग्नमध्ये तीनवटा नागरिकता बोक्ने ‘नटवरलाल’ को ठगी धन्दा बिहीबार सार्वजनिक भयो ।थप...


मन्त्रिपरिषद् निर्णय सार्वजनिक । सरकारले प्रत्येक बिहीबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न भनी पत्रकार सम्मेलन गर्दै आएको छ । बिहीबारको पत्रकार सम्मेलनमा सरकारले ७ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको,१३ जना महसेनानीलाई सरुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिइयो । यस्तै सरकारले नयाँ मर्यदाक्रम समेत सार्वजनिक गरेको छ । थप...

प्रकाशित : पुस २६, २०७५ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?