सरकार गल्ती ढाकछोपमा लाग्यो : कांग्रेस नेता सिंह

भवानी भट्ट

कञ्चनपुर — कांग्रेस नेता प्रकाशमान सिंहले वाइडबडी प्रकरणमा सरकार गल्ती ढाकछोपमा लागेको आरोप लगाएका छन् । उनले संसदीय उपसमितिको प्रतिवेदनअनुसार काराबाही प्रक्रिया अघि बढाउनुको साटो छानबिन आयोग बनाएर संसद्‍माथिको अविश्वाससँगै गल्ती ढाकछोप गर्ने षड्यन्त्र भएको बताए । 

‘संसदको लेखा समितिको उपसमितिले दिएको प्रतिवेदनअनुसार दोषीमाथि कारबाही हुनुपर्थ्यो’ शुक्रबार नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा नेता सिंहले भने, ‘तर यहाँ सरकार संसद्लाई अटेरी गर्दै हिँडेको छ, छुट्टै छानबिन आयोग गठन भएको छ ।’
उनले दुई तिहाइ बहुमतको सरकारका गतिविधि कुनै पनि क्षेत्रमा सन्तोषजनक नरहेको बताएका छन् । उनले एक वर्षसम्म पनि सरकारले प्राथमिकता पहिचान गरेर गति लिन नसकेकाले सबै क्षेत्रमा असन्तुष्टि बढेको बताए । ‘दुई तिहाई बहुमतको सरकारले कुनै पनि क्षेत्रमा सन्तोषजनक नतिजा दिन सकेन’ उनले भने, ‘विकास निर्माणदेखि शान्ति सुरक्षा सबै क्षेत्रमा सरकार असफल हुँदैछ ।’ उनले अहिले जनताको जीउधनको सुरक्षाको ग्यारेण्टी हुन नसकेको बताए ।


निर्मला पन्त घटनामा पनि सरकार संवेदनशील हुन नसकेको उनको आरोप छ । घटना भएको लामो समयसम्म पनि सरकारले अनुसन्धानमा चासो नदिएको उनले बताए । ‘मन नलागी नलागी अनुसन्धान भइरहेको छ, अपराधी सार्वजनिक हुने कुनै छाँट देखिँदैन’ उनले भने ।

प्रकाशित : पुस २७, २०७५ १५:३८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

आगो ताप्ने क्रममा विस्फोट हुँदा एक बालकको मृत्यु

देवनारायण साह

विराटनगर — विराटनगर महानगरपालिका १५ मा आगो ताप्ने क्रममा विस्फोट हुँदा एक सात वर्षीय बालकको मृत्यु भएको छ भने पाँच वर्षीया बालिका घाइते भएकी छिन् ।

विराटनगरका एसपी मनोजकुमार केसीका अनुसार आगो ताप्ने क्रममा भएको विस्फोटमा परी सुभाष मण्डलका ७ वर्षीय छोरा अमितकुमार मण्डलको उपचारको क्रममा मृत्यु भएको हो ।

विस्फोट पछि घाइते भएका दुई बालबालिकालाई उपचारका लागि गोल्डन अस्पताल पुर्‍याइए पनि अमितको उपचारको क्रममा मृत्यु भएको हो भने ५ वर्षे राधिकालाई थप उपचारका लागि कोशी अञ्चल अस्पताल रिफर गरिएको छ ।

के कारणले विस्फोट भएको भन्ने अहिलेसम्म यकिन हुन नसकेको र अनुशन्धानका लागि प्रहरीलाई घटनास्थलमा पठाइएको एसपी केसीले जानकारी दिएका छन् ।

प्रकाशित : पुस २७, २०७५ १४:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT