१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

डा.केसीको अनशन सदाको लागि अन्त गर्न सरकारसँग माग

अतुल मिश्र

काठमाडौँ — नेपाल चिकित्सक संघले चार दिनदेखि इलाममा सत्याग्रह गरिरहेका प्रा.डा.गोविन्द केसीको आमरण अनशनलाई सदाको लागि अन्त गर्ने सुनिश्चित वातावरण तयार गर्न सरकारसँग माग गरेको छ।

चिकित्सक संघले शनिबार विज्ञप्ति जारी गर्दै सरकारसँग उक्त माग गरेको हो।


डा. केसीसँग सरकारले पटक-पटक सम्झौता गरे पनि त्यसलाई कार्यान्वयन गर्नुको सट्टा उनलाई चिढाउने गतिविधिहरु गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सरकारको गरिमा र प्रतिष्ठामाथि नै आँच पुर्‍याएको संघले जनाएको छ।


डा. केसी १६ औं पटक अनशनमा बस्दा उनको शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अप्रिय घटना हुन सक्ने तर्फ सचेत सरकराले जीवन रक्षाका निम्ति विशेष पहल गर्न समेत चिकित्सक संघले माग गरेको छ।

प्रकाशित : पुस २८, २०७५ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?