कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘स्वास्थ्य र शिक्षामा प्रदेश २ पछि’

सिराहा — उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले तराई मधेस सुगम भए पनि प्रदेश २ स्वास्थ्य तथा शिक्षाको सवालमा कर्णालीभन्दा पछि परेको बताएका छन् । 

‘स्वास्थ्य र शिक्षामा प्रदेश २ पछि’

सिराहको मिर्चैयास्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री यादवले स्वास्थ्यकर्मी तथा चिकित्सकहरू यस प्रदेशमा धेरै भए पनि स्वास्थ्यको अवस्था कर्णाली प्रदेशभन्दा कमजोर रहेको औंल्याए ।


‘यहाँ गाउँगाउँमा सडक र बिजुली पुगेको छ, हरेक गाउँमा स्वास्थ्य केन्द्र र विद्यालयको व्यवस्था छ’, उपप्रधानमन्त्री यादवले भने ‘भूगोलको हिसाबले सुगम र जनसंख्याको बसोबास धेरै भए पनि भएका सुविधाको सदुपयोग हुन नसकेकाले यहाँ जनचेतना र साक्षरतामा कमी छ, त्यसैले यो प्रदेश कर्णालीभन्दा पछि परेको हो ।’


पछाडि परेका क्षेत्र, प्रदेश वा गाउँलाई सन्तुलनमा ल्याउन लगानीको थप जरुरी रहेकाले यस प्रदेशमा शिक्षा र स्वास्थ्यको क्षेत्रको लगानी गर्न वर्तमान सरकार गम्भीर रहेको उनले बताए ।

प्रकाशित : पुस २८, २०७५ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?