डा.केसीको माग पूरा गर्न आग्रह
काठमाडौँ — नेपाल चिकित्सक संघले चार दिनदेखि इलाममा आमरण अनशनरत डा.गोविन्द केसीको माग पूरा गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।
संघले शनिबार विज्ञप्ति जारी गरी केसीसँग सरकारले पटक–पटक गरेका सम्झौता कार्यान्वयन गर्नुको सट्टा चिढाउने गतिविधि गरेकामा आपत्ति जनाएको छ ।
डा. केसी १६ औं पटक अनशनमा बस्दा उनको शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जुनसुकै बेला अप्रिय घटना हुन सक्नेतर्फ सचेत रहँदै जीवन रक्षाका निम्ति विशेष पहल गर्न संघले माग गरेको छ ।
प्रकाशित : पुस २८, २०७५ १९:१०प्रतिक्रिया