साठी हजार कर्मचारी समायोजनका लागि तयार : मन्त्री पण्डित

रासस

विराटनगर — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले साठी हजार कर्मचारी समायोजनका लागि तयार भएका बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ७० प्रतिशत कर्मचारी स्थानीय तहमा जाने सहमति कायम गरेको जानकारी दिए । मन्त्री पण्डितले माघ २ गतेसम्म समायोजनको सीमा रहेको र त्यसको २१ दिनभित्र तोकिएको क्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरिने प्रस्ट पारे । 

सङ्घ, प्रदेश र स्थानीय निकायमा गरी एक लाख ३८ हजार कर्मचारीको दरबन्दी रहेको र आवश्यक अपुग कर्मचारी सङ्घीय लोक सेवा आयोगले छोटो प्रक्रियाबाट पदपूर्ति गर्ने मन्त्री पण्डितले जानकारी दिए । उनले स्तरोन्नति, थप ग्रेड वृद्धि तथा वृत्ति विकास गर्न कर्मचारीका लागि सम्पूर्ण ढोका खोलेको र अवकाश पछिको सम्पूर्ण सेवा सुविधा भुक्तानी गर्न सङ्घीय सरकार जिम्मेवार रहेको प्रष्ट पारे ।

प्रदेश लोक सेवा आयोग गठन नभएसम्म प्रदेश र स्थानीय तहका लागि अपुग जनशक्ति सङ्घीय लोक सेवा आयोगले नै खाली दरबन्दी पदपूर्ति गर्ने उनले बताए । “प्रदेश लोक सेवा आयोग गठनसम्बन्धी विधेयक यही संसद् अधिवेशनमा पेश गरिनेछ,” उनले भने ।

सङ्घीयताको सफल कार्यान्वयन गर्न वर्तमान सरकारले अध्यादेशमार्फत कर्मचारी समायोजनको योजनता ल्याउएको बताउँदै उनले विश्वका कतिपय मुलुकमा सङ्घीय व्यवस्थापन कायम गर्न पाँचदेखि नौ वर्षसम्म लागेको प्रष्ट पारे । विगतको सरकारले ल्याएको स्वेच्छिक अवकाशका लागि राज्यसँग रकम भुक्तानी गर्ने हैसियत नभएको प्रष्ट पार्दै उनले शपथ लिएका कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्न तोकिएको क्षेत्रमा गएर जनताको सेवा गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : पुस २८, २०७५ १९:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जिहादी आक्रमणमा १२ मारिए

एएफपी

ओवागाडोउगोउ — जिहादी विद्रोहीको आक्रमणमा उत्तरी बुर्किना फासोमा १२ सर्वसाधारण मारिएका छन् । इस्लामिक कट्टरपन्थीको हिंसा जारी रहेको त्यस ठाउँमा गत बिहीबार घटना भएको अधिकारीले शुक्रबार जनाएका छन् । पश्चिम अफ्रिकी यस मुलुकका विभिन्न राज्यमा सरकारले संकटकाल घोषणा गरेको थियो । 

सुरक्षा मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा बन्दुकधारीले हिंसा मच्चाएको उल्लेख छ । पछिल्लो आक्रमणमा परी अरु दुई जना घाइते भएको पनि सुरक्षा अधिकारीले जनाएका छन् । आक्रमणमा एक घर, एक कार तथा छ ओटा पसलमा क्षति पुगेको छ । उत्तरी बुर्किना फासोमा जिहादीले सन् २०१५ यता आक्रमण गर्दै आएका छन् ।

प्रकाशित : पुस २८, २०७५ १९:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT