'राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण'

रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण गर्न सकिने बताएका छन् । 

'राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण'

शनिबार यहाँ भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘प्रेमिल’को विमोचन गर्दै उनले राजनीतिले गर्ने समाजको रुपान्तरणमा साहित्यले पनि सहयोग गर्ने बताए । साहित्यद्वारा अभिप्रेरित कुरालाई राजनीतिले दिशाबोध गर्ने उनको भनाइ थियो । “राजनीति गर्न कला आवश्यक हुन्छ, जनतालाई आफ्ना कुरा अपिल गर्नका लागि राजनीतिक दलले कलालाई प्रयोग गर्नुपर्छ,” अध्यक्ष दाहालले भने । जनताले भोगको दुःख र सुखलाई साहित्यकारुपमा राजनीतिक दलले समेटनु पर्नेमा उनले जोड दिए । नेपालको राजनीतिक आन्दोलन गीत, कविताजस्ता साहित्यबाट हुने गरेको भन्दै उनले नेपालमा विभिन्न समयमा भएका आन्दोलन सफल बनाउन साहित्यको ठूलो भूमिका रहेको बताए ।


अध्यक्ष दाहालले राजनीतिक परिवर्तनलाई दिगो बनाउन साहित्यलाई केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड दिए ।


समाज कल्याण परिषद्का उपाध्यक्ष निर्मलमणि बरालले साहित्यले समाजको चित्रण गर्दै अग्रगति दिनुपर्ने बताए ।


कार्यक्रममा गीतकार कृष्णहरि बराल, साहित्यकार कृष्ण धरावासी, लक्ष्मी दाहाल, थापाथली इञ्जिनीयरिङ क्याम्पसका क्याम्पस प्रमुख जनार्दन भट्टलगायतले अहिले भइरहेको सामाजिक यथार्थलाई लेखिकाले उपन्यासमा चित्रण गरेको बताए । लेखिका ढुङ्गेलले समाजमा नारी र पुरुषबीचको सम्बन्धलाई उपन्यासमा उल्लेख गरिएको बताए ।

प्रकाशित : पुस २८, २०७५ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?