बस पल्टिदा एकको मृत्यु, एक घाइते 

हरिहरसिंह राठौर

धादिङ — काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आइतबार बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् । 

बस पल्टिदा एकको मृत्यु, एक घाइते 

काठमाडौंबाट बर्दिया तर्फ जाँदै गरेको बा२ख ४६८३ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई पुलको बायाँ साइडमा पल्टिदा बसमा सवार ३९ जना मध्ये बर्दिया सेरुवा– २ बस्ने वर्ष १८ को नरेन्द्र थारु चौधरीको मृत्यु भएको जोगीमारा स्थित प्रहरीले जनाएको छ ।


बायाँ खुट्टामा गम्भिर चोट लागेका कारण उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर तर्फ लैजाँदै गर्दा चौधरीको मृत्यु भएको हो । उक्त बसका चालक भने फरार छन् ।


उक्त घटनामा बलबहादुर चौधरी सामान्य घाइते भएको र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : पुस २९, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?