कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीमा आधारातमा तस्कर र प्रहरीबीच गोली हानाहान, एक तस्करको मृत्यु, एक प्रहरी घाइते 

अमृता अनमोल

बुटवल — प्रहरीले चलाएको गोलीबाट रुपन्देहीमा एकजनाको मृत्यु भएको छ । गए राति सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार भएपछि जवाफी कारबाहीमा गोली चलाउँदा तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी हृदय थापाले जानकारी दिएका छन् । 

रुपन्देहीमा आधारातमा तस्कर र प्रहरीबीच गोली हानाहान, एक तस्करको मृत्यु, एक प्रहरी घाइते 

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करिब ३५ वर्षका तस्करको समूहले राति करिब १२ बजे प्रहरीमाथि गोली चलाएपछि तत्कालै जवाफी कारबाही गरिएको प्रहरीको भनाइ छ । मृतकको परिचय खुलेको छैन । करिब ३५ वर्षीय मृतक भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ ।


घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा उनले प्रयोग गरेको युपी ५३ एच २०२८ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको छ । प्रहरीको जवाफी कारवाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । तस्करको गोली लागेर एकजना प्रहरी जवान कृष्ण श्रेष्ठ पनि घाइते भएका छन् ।


प्रकाशित : पुस २९, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?