कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डा. केसीको स्वास्थ्य अवस्था नाजुक

– सुविधा सम्पन्न अस्पताल लैजानु पर्छ : चिकित्सक
– इलाम नछाड्ने केसीको अडान
विप्लव भट्टराई

इलाम — १६ औँ अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक रहेको चिकित्सकले बताएका छन् । इलाम अस्पतालमा सोमबार बिहान सारिएका केसीको स्वास्थ्य स्थिति जानकारी गराउँदै मेडिकल सुपरिटेन्डेन्ट बिजेन्द्रकृष्ण शाहले तत्काल उनलाई सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने अवस्था रहेको बताए ।

डा. केसीको स्वास्थ्य अवस्था नाजुक

डा. केसीले भने स्वास्थ्य स्थिति जे भए पनि आफू इलाममा नै बस्ने अडान लिएका छन् । स्वास्थ्यमा अप्ठेरो स्थिति आए पनि इलाम छाडेर नजाने र १५ औँ सत्याग्रहका क्रममा भएका सम्झौता पालना हुनु पर्ने अडानमा केसी छन् ।

उपचारमा संलग्न इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिजेन्द्र कृष्ण शाहका अनुसार केसीको घाँटीमा समस्या छ भने फोक्सोमा इन्फेक्सन र रोग प्रतिरोधात्मक शक्ति कम भएको छ । उनलाई तत्काल आइसियुमा राखेर एक्सपर्ट मेनेज्मेन्टको व्यवस्था हुनु पर्ने शाहले बताए । ‘तत्कालका लागि प्राथमिक उपचारको व्यवस्था गरेका छौँ,’ उनले भने ‘अवस्था जटिल भए केही गर्न सकिन्न ।’


अस्वभाविकरुपमा मुटुको धड्कन बढ्नुका साथै निमोनिया पनि देखिएपछि उनलाई सोमवार बिहान इलाम अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित : पुस ३०, २०७५ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?