कान्तिपुरकर्मी गुरुङ कालीगण्डकीमा बेपत्ता

चितवन — मकर स्नानका क्रममा मंगलबार बिहान देवघाट कालीगण्डकी नदीमा डुबेर एकजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा नवलपुर गैंडाकोट घर भएका २४ वर्षीय अमृत भनिने चित्रबहादुर गुरूङ रहेका छन् । गुरूङ कान्तिपुर पब्लिकेशन्स भरतपुर कार्यालयको छापाखानाको मेसिन सहायक हुन् ।

देवघाट मकर स्नान मेला व्यवस्थापन मूल समितिका सहसंयोजक शिवकान्त तिवारीका अनुसार बिहान साढे नौ बजे घटना भएको थियो । पाँचजना साथी नुहाउँदै गरेकोमा गुरूङ नदीमा बगेका हुन् । सशस्त्र प्रहरीको उद्धार टोलीले गुरूङको खोजी गरिरहेको छ ।

प्रकाशित : माघ १, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?