बाजुरामा १२ वर्षीया बालिका बलात्कृत

अर्जुन शाह

धनगढी — बाजुरामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा बुढीगंगा नगरपालिका–८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका साँझपख गोठमा भैंसीलाई घाँस हाल्न गएका बेला नजिकै लुकेर बसेका थापाले बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उद्धवसिंह भाटले बताए ।

बाजुरामा १२ वर्षीया बालिका बलात्कृत

घटना ५ दिनअघि भएको हो । घटनाबारे कसैलाई जानकारी गराए कुटपिट गर्ने धम्की दिएकाले ढिला थाहा भएकोको प्रहरीले जनाएको छ ।


'छोरीको कपडा च्यातिएको देखेर शंका लागेपछि आमाले सोधीखोजी गरेकी थिइन् । त्यसपछि घटना थाहा भएको हो’ डिएसपी भाटले भने, ‘आमाले नै प्रहरीलाई जानकारी गराएपछि थापालाई पक्राउ गरिएको हो ।’थापाले बलात्कार स्वीकार गरिसकेको प्रहरीको भनाए छ । ‘प्रहरीसमक्ष बालिकाकै सहमतिमा शारीरिक सम्पर्क गरेको दाबी गरेका छन्’ डिएसपी भाटले भने । थापाका २ छोरा र १ छोरी छन् ।


छोराबाट नातीहरुसमेत भइसकेका छन् । बालिकालाई उनको स्वास्थ्य परीक्षण गरी हाल मार्तडीस्थित सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ २, २०७५ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?