कांग्रेसद्वारा डा. केसीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले अनशनरत डा. गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । डा. केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको बेला सरकारले बेवास्ता गरेको आरोप लगाउँदै पुराना सहमतिअनुसार समाधान खोज्न सरकारलाई सचेत गराएको हो ।

कांग्रेसद्वारा डा. केसीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले केसीका माग सम्बोधन गर्न नचाहेको आरोप लगाउँदै पार्टीको तर्फबाट समाधानको लागि आग्रह गरे । 'डा. केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको बेला सरकार संवेदनाशुन्य ढंगले समाधानको विपरीत अघि बढ्न खोज्नु दु:खद र निन्दनीय छ' प्रवक्ता शर्माले भने, 'यस्तो प्रवृत्तिको भर्त्सना गर्दै नेपाली कांग्रेस तत्काल पुराना सहमतिमा फर्कन र समाधानमा पुग्न सरकारलाई सचेत गराउन चाहन्छ ।'


प्रवक्ता शर्माले चिकित्सा विधेयकमा प्रधानमन्त्रीको दोहोरो भूमिकाका कारण महत्वपूर्ण प्रावधान हटाएको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीको दोहोरो भूमिकाका कारण विधेयकमा महत्वपूर्ण प्रावधान हटाइएको हाम्रो ठहर छ’ प्रवक्ता शर्माले भने, 'प्रधानमन्त्रीकै अग्रसरतामा भएको सम्झौता हुबहु कार्यान्वयन नहुनु दु:खद हो ।' प्रधानमन्त्रीले आफ्नो वचनलाई पूरा नगरेर बहुमतको आडमा अघि बढ्न खोज्नु दु:खद भएको प्रवक्त शर्माको भनाइ थियो । उनले चिकित्सा शिक्षा विधेयक माथेमा कार्यदलले दिएको प्रतिवेदनको जगमा बसेर कार्यान्वयन हुनुपर्नेमा बताए ।

डा. गोविन्द केसीको अनशन र मागबारे कांग्रेसको ११ बुँदा


डा. गोविन्द के.सी. ले थाल्नु भएको आमरण अनसन आठ दिन पुग्दै गर्दा उहाँको विग्रँदै गएको स्वास्थ स्थिति र सरकारको संवेदनाशुन्य भूमिकाप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकृष्ट भएको छ । उहाँका माग, विगतका सम्झौता र आजको परिस्थितिबारे नेपाली कांग्रेसको अभिमत हामी सार्वजनीक रुपले थप प्रष्ट्याउन चाहन्छौ ।


१. ०४६ सालको परिवर्तन पश्चात नेपाली कांग्रेसले बढावा दिएको उदार अर्थव्यवस्थाको परिणाममा अनेक क्षेत्रमा भएका प्रगति मध्ये एक थियो चिकित्सा शिक्षाको क्षेत्रमा भएको बढोत्तरी । पंचायतले छाडेर गएको सानो आकारको ढुकटीका बलमा गाउामा उपस्वास्थ्य चौकी विस्तार गर्ने अवधारणा कार्यान्वयन गर्न सम्म चुनौती रहेको कालखण्डमा शिक्षा र स्वास्थ्य समेतमा निजी क्षेत्रकै लगानीलाई प्रोत्साहित गरिनु व्यवहारत अत्यावश्यक थियो । परिणाममा दुईबाट करिब दुई दर्जन मेडिकल कलेज पुगे । हजारौं नेपाली युवा यसबाट लाभान्वित भए । यी संख्या वढेपछि स्वभावत : समस्या पनि वढ्यो । यसको निदानका लागि आवश्यक अध्ययन र निश्चित अवधारणाको विकास पनि यस विचमा भएको छ । चिकित्सा शिक्षा क्षेत्रमा सुधार र प्रगतिको विषयलाई हामीले साझा राष्ट्रिय दायित्वको रुपमा लिएका छौ ।


२. डा. गोविन्द के.सी. ले विगतदेखि अघि सार्नु भएका माग चिकित्सा शिक्षाको क्षेत्रमा अत्यावश्यक सुधार र प्रगतिका लागि महत्वपूर्ण थिए र छन् । यसलाई अपनत्व ग्रहण गरेर कार्यान्वयनका लागि व्यवहारिक हदको निरुपण र समन्वय गर्ने जिम्मेवारी हाम्रो साझा कर्तव्य हो ।


३. चिकित्सा शिक्षामा आवश्यक सुधार गर्दै अघि बढ्ने संकल्प र योजनाका साथ तत्कालिन कांग्रेस सभापति श्री सुशील कोइरालाको प्रधानमन्त्रीत्वमा रहेको सरकारले डा. केदारभक्त माथेमाको संयोजकत्वमा उच्च स्तरिय कार्यदल गठन गरेको थियो । विज्ञहरुको सो प्रतिवेदनलाई विद्यमान प्रश्नहरुको हल खोज्ने महत्वपूर्ण दस्तावेजका रुपमा हामीले लिएका छौं । राज्यले आफ्नै एकाङ्गी बुझाईलाई केन्द्रमा राखेर हठ गरेर होइन, विज्ञहरुको अध्ययनको निश्कर्षलाई आत्मसात् गरेर समाधान पहिल्याउनु पर्दछ भन्ने हाम्रो प्रष्ट आग्रह र खुला माग छ ।


४. माथेमा कार्यदलको प्रतिवेदनको जगमा छलफल पश्चात डा. गोविन्द के.सी. का मागहरु पुरा गर्दै नेपाली कांग्रेसका वर्तमान सभापति श्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले विधेयक तयार गरी संसदमा प्रस्तुत गरेको थियो । तर, संसदीय प्रक्रिया मार्फत टुङ्गो लाग्ने परिस्थिति निर्माण हुन नसकेपछि देउवा सरकारले अध्यादेश जारी गरेर डा. के.सी. का मागहरु सम्बोधन गरेको थियो ।


५. नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले जारी गरेको अध्यादेशले दश वर्ष सम्म काठमाण्डौमा मेडिकल कलेज खोल्न रोक लगाउनु एक विश्व विद्यालयले पााच भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने र चिकित्सा शिक्षामा स्नातक तहमा पचहत्तर प्रतिशत छात्रबृत्तिको प्रवन्ध गर्ने लगायतका महत्वपूर्ण व्यवस्थाहरु गरेको थियो ।


६. सो अध्यादेशको हुबहु कार्यान्वयन वर्तमान सरकारले गरेको भए, त्यसले चिकित्सा शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने थियो । तर, प्रतिस्थापन विधेयक मार्फत महत्वपूर्ण प्रावधानहरु हटाएर चिकित्सा शिक्षामा “प्रतिगमन” तर्फ सरकार लम्किन खोजेपछि “आफूले जारी गरेको अध्यादेशको मूल आत्मा रक्षाका लागि” संसद अवरोधसम्म गर्नु पर्ने स्थिति हाम्रा सामु उत्पन्न भयो भने सोही कारण डा. गोविन्द के.सी. ले पुन अनशन प्रारम्भ गर्नु भयो जुम्ला पुगेर ।


७. संसदमा नेपाली कांग्रेसको दबाब, डा. के.सी. को अनशन र देशव्यापी हज्जारौ नागरिकको प्रदर्शन पश्चात अन्तत: वर्तमान सरकार पछि हट्न बाध्य भयो । डा. के.सी. संग सम्झौता भयो । संसदमा प्रस्तावित विधेयकलाई संशोधन गरेर अघि बढ्ने समझदरी बन्यो । ढिलै भएपनि अन्तत: सरकार सहमतीमा आउादा प्रतिपक्षी दलका नाताले हामीले सतर्कतापूर्वक त्यसलाई स्वागत गरेका थियौ ।


८. प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. के.सी. संग पछिल्लो सम्झौता भएको थियो । तर, संसदको शिक्षा तथा स्वास्थ्य समिति मार्फत त्यो खण्डीत हुन पुग्यो । प्रधानमन्त्रीकै अग्रसरता र वचनको सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन हुन सक्दैन भने त्यो अत्यन्तै दु:खद र दुर्भाग्यपूर्ण छ । प्रधानमन्त्रीको दोहोरो भूमिकाका कारण यस्तो स्थिति उत्पन्न भएको हाम्रो ठहर छ ।


९. कुनै पनि विश्वविद्यालयले निश्चित संख्याका मेडिकल कलेजलाई मात्रै व्यवस्थित अनुगमन गर्न सक्दछ भन्ने माथेमा कार्यदलको अध्ययन निश्कर्षका आधारमा एउटा विश्व विद्यालयले पााच भन्दा बढीलाई सम्बन्धन नदिने प्रावधान निर्मित भएको थियो । माथेमा कार्यदलको प्रतिवेदन र डा. के.सी. को मांग सम्बोधन गर्दै कांग्रेस नेतृत्वको सरकारले अध्यादेश मार्फत यो माग पुरा गरेको थियो । गत साउनमा डा. के.सी. संग सम्झौता गर्दा वर्तमान सरकारले पनि यसलाई स्वीकार गरेको थियो । तर, भावी चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकार नछाडेर मनसाय पत्र लिइसकेकालाई पााचवटाको प्रावधानले नछुने जे वाक्यांश राखिएको छ त्यसले “एक विश्व विद्यालय पााच मेडिकल कलेज” को अवधारणालाई घुमाउरो ढंगले अस्विकार गरेको छ ।


१०. तत्कालै सहमतीमा फर्कने या चौतर्फी दबाब पर्खने सम्माननीय प्रधानमन्त्रीका सामुन्ने दुई वटा विकल्प छन् । विषयलाई गम्भिरतापूर्वक लिन हामी विनम्र भाषामा हार्दिक अपिल गर्न चाहन्छौं । चिकित्सा शिक्षामा विगतमा विस्तारको अगुवाई र पछिल्लो समयमा यसको सुधारमा अग्रसर भुमिका निभाई रहेको कांग्रेस आम नागरिकको भावना विपरितको विधेयकलाई समर्थन गर्न सक्दैन । वहुमत र विवेकमध्ये लोकतान्त्रिक संस्कृतिले सदैव विवेकलाई केन्द्रमा राख्दछ, विवेकलाई कुल्चिएर प्रस्तुत हुने वहुमतले मुलुकलाई निकास दिन नसक्ने चेतावनी हामी दिन चाहन्छौं ।


११. डा. के.सी. को स्वास्थ्य स्थिति जटिल बन्दै गएको बेला सरकार संवेदनाशुन्य ढंगले समाधानको विपरित अघि बढ्न खोज्नु दु:खद र निन्दनीय छ । यस्तो प्रवृत्तिको भत्र्सना गर्दै नेपाली कांग्रेस तत्काल पुराना सहमतीमा फर्कन र समाधानमा पुग्न सरकारलाई सचेत गराउन चाहन्छ ।


माघ २, २०७५

विश्वप्रकाश शर्मा

प्रवक्ता

प्रकाशित : माघ २, २०७५ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?