सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्न का‌ंग्रेसको माग

जनकपुर — कांग्रेस धनुषाले प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवलाई बर्खास्त गर्न माग गरेको छ । मन्त्री यादवको क्रियाकलाप लोकतन्त्र र विधिको शासन विपरीत भएको कांग्रेस धनुषाले उल्लेख गरेको छ ।

सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्न का‌ंग्रेसको माग

कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको उपस्थितिमा बुधवार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको कार्यक्रममा जोशी र धनुषाका कांग्रेस सभापति महेशशंकर गिरीले मन्त्री यादवलाई बर्खास्त गर्न माग गरे ।


‘मन्त्रीले सचिवलाई आफ्नै कार्यकक्षमा बोलाएर कुट्नु आपराधिक घटना हो । विधिको शासनको विपरीत हो । समाजमा भयत्रास सृजना गर्ने काम हो । यस्तो मन्त्रीमाथि कारबाही हुनै पर्छ,’ नेता जोशीले भने ।


गिरीले राष्ट्रसेवक कर्मचारीले थालेको आन्दोलनमा पार्टीको ऐक्यबद्धता रहेको बताए । यस विषयमा पार्टीको आधिकारिक धारणा बनाउन बुधवार जिल्लामा उपलब्ध पार्टीका केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, प्रदेश २ संसदीय दलमा नेता रामसरोज यादव, पूर्व सांसद दिनेश प्रसैला, जिल्ला कार्यसमितिका सदस्यसँगै पार्टीनिकट कर्मचारी युनियन, ट्रेड युनियन, शिक्षक सङ्घ, नेवि सङ्घ, तरुण दल लगायतसँग छलफल गरेको छ ।


यो पनि पढ्नुहोस्ः

प्रदेश २ का मन्त्रीले कुटे सचिव

मन्त्री–सचिव कुटाकुटः सचिव झासँग मन्त्री असन्तुष्ट

प्रकाशित : माघ २, २०७५ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?