कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेविसंघ ‘काम चलाउ’

काठमाडौँ — कांग्रेसले घुमाउरो शैलीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्तमान केन्द्रीय कार्यसमिति भंग गरेको छ । पछिल्लो पटक थपिएको दुई महिनामा पनि महाधिवेशन गराउन नसकेपछि कांग्रेसले बुधबार विज्ञप्तिमार्फत वर्तमान कार्यसमितिलाई काम चलाउ हैसियतमा राखेको छ ।

नेविसंघ ‘काम चलाउ’

माघ १० को पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार हुने गरी त्यहाँसम्मका लागि दैनिक कामकाज गर्नमात्रै निर्देशन दिइएको छ ।


संघ अध्यक्ष नैनसिंह महरले महाधिवेशन गराउन नसक्ने भन्दै संस्थापनपक्षीय नौ र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय ४५ पदाधिकारी तथा सदस्यले राजीनामा दिएका थिए ।


विधानअनुसार महर नेतृत्वको कार्यसमितिको म्याद भदौ २ मै सकिएको हो । महाधिवेशन गर्ने प्रयोजनका लागि पार्टीले पहिलो पटक ३ र दोस्रो पटक २ महिनाको म्याद थपेको थियो ।


यसबीच पनि महाधिवेशन हुन नसकेपछि बुधबार पार्टीका मुख्य सचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै नेविसंघको केन्द्रीय समितिलाई दैनिक कार्य सञ्चालन गर्न/गराउन निर्देशन दिएका हुन् ।


‘कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर २ को बैठकको निर्णयअनुसार थप गरिएको २ महिनाको पदावधि माघ २ गतेसम्म कायम रहेकोमा,’ विज्ञप्तिमा भनिएको छ, ‘अबउप्रान्तका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको माघ १० गते बस्ने बैठकले निर्णय गरेअनुसार हुने गरी दैनिक कार्य सञ्चालन गर्न/गराउन निर्देशन गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत निर्देशानुसार जानकारी गराइन्छ ।’

प्रकाशित : माघ २, २०७५ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?