१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

डा. केसीलाई काठमाडौं ल्याउन पहल सुरु 

मकर श्रेष्ठ

काठमाडौँ — चिकित्सा शिक्षा सुधारको माग गरेर १६‌ औँ पटक इलाममा अनसनरत प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि उनलाई काठमाडौं ल्याउन नागरिक समाजबाट पहल सुरु भएको छ । 

डा. केसीलाई काठमाडौं ल्याउन पहल सुरु 

अनसनको नवौं दिनसम्म पनि सरकारबाट कुनै पहल नभएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना र त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा आज ११ बजे इलाम जाने भएका छन् ।

डा. केसीको स्वास्थ्य अवस्था खस्किदै गएपछि काठमाडौं ल्याउने पहल गर्न उनीहरु इलाम जान लागेका हुन । डा. केसीले माने भने बिहीबार नै हेलिकप्टरबाट काठमाडौं ल्याउने स्रोतले बतायो ।

सरकार र डा. केसीसितको यसअघिको वार्ता पनि पूर्व उपकुलपति माथेमाकै पहलमा मिलेको थियो ।


याे पनि पढ्नुहाेस्

डा. गोविन्द केसीलाई तुरुन्तै सुविधासम्पन्न आईसीयूमा सार्न विज्ञ टोलीको सिफारिस

सरकार–डा. केसी सम्झौता : दुइटा बुँदामा सत्तापक्षको विमति

प्रकाशित : माघ ३, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?