१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

[अपडेट] पर्वत बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ३३ जना घाइते

बागलुङ / पर्वत — पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबार बिहान भएको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पर्वत प्रहरीका अनुसार दुर्घटनास्थलमै तीन र उपचारका क्रममा चारजनाको मृत्यु भएको हो ।

[अपडेट] पर्वत बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ३३ जना घाइते

मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार र उनकी श्रीमती सेती परियार, सोही ठाउँकी शान्ती महत, म्याग्दीको पाखापानीका राजेश पुन र विष्णुमाया पुनको पहिचान खुलेको छ । त्यस्तै बागलुङको कु्ँडुलेकी शान्ती केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृतकमध्ये एकजना पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । बेनीबाट नारायणगढ हिँडेकाे ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ३३ यात्रु घाइते भएका छन् । १७ जना गम्भिर घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरि पोखरा लगिएको छ । घाइतेहरुको नामावली अहिलेसम्म आएको छैन ।



‍‍--------------------------------------------------


बेनीदेखि नारायणगढ हिडेको ग १ ख ६१०८ नम्बरको बस पर्वतको कुश्मा नगरपालिका १ मालढुंगामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३६ घाइते छन् ।


सडकदेखि साठी मिटर तल कालीगण्डकी नदीमा खस्दा तीनजनाकाे घटनास्थलमै र एकको अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा एक महिला र ३ पुरुष छन् । उनीहरुको ठेगाना पहिचान भएको छैन ।

बेनीस्थित बस काउण्टरबाट १४ जनाको टिकट काटेर छुटेको बसमा ३९ जना यात्रु भएको अनुमान प्रहरीले गरेको छ । पर्वतका ट्राफिक प्रहरी इन्चार्ज रामकृष्ण गौलीका अनुसार घाइते ३६ जनालाई घटनास्थलबाट उद्धार गरि उपचारका लागि बाग्लुङ अस्पताल लगिएको छ । सबैजसो घाइतेहरुको टाउको, हात र खुट्टामा बढी चोट लागेको छ ।


घाइतेहरुलाई धौलागिरी अञ्चल अस्पतालमा प्राथमिक उपचार पछि पोखरा र काठमाडाैं पठाउने क्रम चलिरहेको छ । गम्भिर घाइतेलाई हेलिकोप्टरबाट काठमाडाै‌ं पठाइएको छ । केहीलाई पोखरा पठाइएको प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ९ बजे पर्वतको डिमुवामा सडक अवरुद्ध हुने भएपछि सो समयअगावै डिमुवा कट्नेगरि बसको गति बढी भएका कारण दुर्घटना भएको हो । तर, दुर्घटनाको एकिन कारण खुलेको छैन । २५ सिटको बसमा क्षमता भन्दा बढी यात्रु चढाएको पाइएको छ । घटनास्थलमा पर्वत, म्याग्दी र बाग्लुङका सुरक्षाकर्मी र सर्वसाधारण उद्धारमा खटिएका थिए । दुर्घटनाकाे यथार्थ बिवरण आउन बाँकी छ ।

प्रकाशित : माघ ३, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?