कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई प्रहरीबीच समन्वयका लागि समिति

काठमाडौँ — संघीय सरकार मातहत रहने नेपाल प्रहरी र प्रदेश प्रहरीबीच समन्वयका लागि केन्द्रीय गृहमन्त्रीको अध्यक्षतामा समन्वय समितिको प्रस्ताव गरिएको छ ।

गृह मन्त्रालयले तयार पारेको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा त्यस्तो समिति प्रस्ताव गरिएको हो ।


समितिमा सबै प्रदेशका आन्तरिक मामिलासम्बन्धी मन्त्री, गृह मन्त्रालयका सचिव, नेपाल प्रहरीका प्रमुख तथा गृह मन्त्रालयका सहसचिव सदस्यसचिव रहने उल्लेख छ । समितिलाई अन्तर प्रदेश प्रहरीबीचको कार्यक्षेत्रसम्बन्धी विवाद समाधान गर्ने प्रमुख जिम्मेवारी तोकिएको छ ।


विधेयकमा मुलुकभरको शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न नेपाल प्रहरी तथा प्रदेश प्रहरीले निर्वाह गर्नुपर्ने भूमिका तथा आवश्यक रणनीति तय गरेर सिफारिस गर्ने, राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा समन्वय, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वयमा देखिएका नीतिगत समस्या पहिचान गर्ने, समस्याको निराकरणका उपाय सुझाउने जस्ता विषयको जिम्मेवारी समितिलाई तोकिएको छ ।

प्रकाशित : माघ ३, २०७५ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?