डा. केसी आईसियुमा

अतुल मिश्र

काठमाडौँ — राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सच्याउन माग गर्दै १६ औं अनसन बसिरहेका प्रा.डा. गोविन्द केसीलाई इलामबाट नाइटभिजन हेलिकप्टरमा ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको आईसियुमा भर्ना गरिएको छ।  

डा. केसी आईसियुमा

उनकाे उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसीकाे स्वास्थ्य स्थिर (स्टेवल) छ । निमोनियाको उपचार अन्तर्गत इलाममा चलाइएको एन्टिवायोटिक यहाँ पनि जारी छ। उनको छातीमा अलि–अलि दुखाई र चक्कर आउने समस्या समेत देखिएको छ।

डा. केसीको मुटुको चाल इलाममा अस्थिर देखिए पनि काठमाडौ आएपछि अझैसम्म यो समस्या देखिएको छैन। उनको रगतमा बिभिन्न तत्वको कमी समेत देखिएको छ। छातीको समस्याका बारेमा बुझ्न एक्सरे समेत गरिएको छ। उनलाई शुक्रबार बिहान ४ बजे शिक्षण अस्पताल भर्ना गरिएकाे हाे।


डा. केसीलाई बिहीबार राति नाइटभिजन हेलिकप्टरबाट काठमाडाै‌ं ल्याइएकाे हाे ।


याे पनि पढ्नुहाेस्

डा. केसीलाई काठमाडौं पठाइयो

डा. केसीलाई काठमाडौं ल्याउन पहल सुरु

डा. केसी अनसनलाई पूर्व प्रधानन्यायाधीश कार्कीलगायतको समर्थन

प्रकाशित : माघ ४, २०७५ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?