कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

मर्यादाक्रमप्रति निर्वाचन आयोगको आपत्ति

काठमाडौँ — सरकारले हालै निर्धारण गरेको मर्यादाक्रमप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ । आयोगको शुक्रबार बसेको बैठकले निर्धारित मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका सदस्य/आयुक्तहरूलाई प्रमुखको मर्यादाक्रमलगत्तै राख्न माग गरेको छ ।

मर्यादाक्रमप्रति निर्वाचन आयोगको आपत्ति

संवैधानिक परिषदको सिफारिस तथा संसदीय सुनुवाइको प्रक्रिया पार गरी राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक निकायका पदाधिकारीलाई सरकारका कर्मचारी (मुख्यसचिव र प्रधानसेनापति) भन्दा धेरै पछाडि राखिनु गलत रहेको आयोगले जनाएको छ । मर्यादाक्रममा संवैधानिक निकायका प्रमुखलाई माथि राखिए पनि अन्य पदाधिकारी तथा सदस्यलाई मुख्यसचिव र प्रधानसेनापतिभन्दा पछाडि राखिएकोप्रति संवैधानिक निकायले आपत्ति प्रकट गर्दै आएका छन् । लोकसेवा आयोग तथा राष्ट्रिय मानव अधिकार आयोगले नयाँ मर्यादाक्रमप्रति आपत्ति जनाइसकेका छन् ।


प्रकाशित : माघ ४, २०७५ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?