कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिकित्सक संघले केसीको समर्थनमा आन्दोलन गर्ने

अतुल मिश्र

काठमाडौं — नेपाल चिकित्सक संघले ११ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा जान सक्ने संकेत गरेको छ ।

चिकित्सक संघले केसीको समर्थनमा आन्दोलन गर्ने

संघले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले डा.केसीको माग अक्षरश पालना नगरे उनको जीवन रक्षा गर्न कुनै पनि बेला अप्रिय कदम उठाउन बाध्य हुने चेतावनी दिएको छ । संघका आजीवन सदस्य रहेका डा.केसी १६ औं पटक अनशनमा बसेको ११ औं दिन भई सक्दासमेत सरकारले कुनै चासो नदेखाएको आरोप लगाइएको छ । संघले सरकारको तर्फबाट गरिएको सम्झौताका सम्बन्धमा आफू अनुकूल व्याख्या गर्दै भ्रम सिर्जना गर्न खोजिएकासमेत दाबी गरेको छ ।


विज्ञप्तिमा प्रधानमन्त्री केपी ओलीको अग्रसरता सम्झौता गरिए पनि प्रधानमन्त्रीबाटै अलग परिस्थितिमा सम्झौता भएकोले संसद्लाई आदेश गर्न नसक्ने भन्ने अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले मुलुकको इज्जत र प्रतिष्ठामाथि नै आँच पुग्न गएको जनाएको छ ।

प्रकाशित : माघ ५, २०७५ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?