स्कुललाई भवन र सामाग्री हस्तान्तरण

काठमाडौँ — पछिल्लो समय डा. गोविन्द केसीको अनसनलाई लिएर कांग्रेस सांसद गगन थापा र नेकपा सांसद योगेश भट्टराई विपरित ध्रुवमा छन् ।

स्कुललाई भवन र सामाग्री हस्तान्तरण

थापा सरकारले केसीसँग गरेको सहमति विपरीत चिकित्सा शिक्षा विधेयकलाई संसदीय समितिले पारित गरेकोमा आक्रोशित छन् ।


भट्टराई भने विधेयकले केसीका सबै माग पूरा गरेको भन्दै यसको बचाउमा छन् । सत्ता पक्षबाट भट्टराई र प्रतिपक्षीबाट थापाले एकअर्काको विचारको आक्रामक खण्डन गरिरहेका छन् ।


तर, सामाजिक काममा भने उनीहरु यो मतभेदलाई थाँती राखेर सक्रिय छन् । शुक्रबार गोरखाको फुजेलमा आयोजित भैवराश्रम मावीको वार्षिकोत्सवमा दुवै सांसद सहभागी भए । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्तको अगुवाइमा यो विद्यालयका भौतिक पूर्वाधार निर्माण भएका हुन् ।


तीमध्ये केही संरचनाको सांसदद्वयले शुक्रबार उद्घाटन गरेका हुन् । पन्तको विशेष पहलमा निर्माण गरिएका भवन, फर्निचर, इ–लाइब्रेरी र मञ्च शुक्रबार नै विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।


विद्यालयको पूर्वाधार निर्माणमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने र संरक्षक रामप्रताप थापालगायतको सहयोगमा तीन करोड रुपैयाँ बराबरको निर्माण गरिएको हो ।


कार्यक्रममा दुवै सांसदले शैक्षिक विकासले मात्रै मुलुकको सम्वृद्धि हुने बताएका थिए । कार्यक्रममा महतो, लामिछाने र पन्तले गुणस्तरीय शिक्षाको आवश्यकतामा जोड दिएका थिए ।

प्रकाशित : माघ ६, २०७५ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?