कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीलाई जनरल वार्डमा सारियो

काठमाडौँ — त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत डा. गोविन्द केसीलाई आईसीयूबाट क्याबिनमा सारिएको छ । सर्वसाधरणलाई आफूबाट कुनै समस्या नहोस् भनेर डा, केसीकै आग्रहमा आइतबार दिउँसो 'जेनेरल वार्ड'मा सारिएको हो ।

डा. केसीलाई जनरल वार्डमा सारियो

चिकित्सा शिक्षा गुणस्तरीय बनाउन माग गर्दै १२ दिनदेखि अनशनरत डा.केसीलाई शुक्रबार राति इलामबाट शिक्षण अस्पताल ल्याइएको थियो । निमोनियाका कारण उनलाई 'एन्टिबायोटिक' दिइएको छ । चिकित्सकले उनलाई भीडबाट जोगिन आग्रह गर्दै एक्लै रहन सुझाव दिएका छन् ।

उनलाई संक्रमणको उच्च जोखिम रहेको चिकित्सहरुले जनाएका छन् । उनको शरीरमा सेतो रक्तकणिकाको संख्या ३ हजारमा झरेको चिकित्सकको भनाइ छ । केसीको यो १६‍औँ अनशन हो ।


प्रकाशित : माघ ६, २०७५ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?