कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सांसद लामाले घरभाडा फिर्ता गर्ने

काठमाडौँ — नेकपा सांसद नविना लामाले घरभाडा फिर्ता गर्ने बताएकी छिन् ।  संसद् सचिवालयमा यसअघि काठमाडौंमा घर भएको जानकारी गराए पनि भाडा उपलब्ध गराइरहेको उनले बताइन् । विवाह गर्नुअघि बुबाको घरमा र विवाह पछि ससुराको नाममा रहेको घरमा बस्ने गरेको उनले बताइन् ।

सांसद लामाले घरभाडा फिर्ता गर्ने

‘संसद् सचिवालयले काठमाडौंमा घर भएका र नभएका विवरण फारम भराउँदा मैले काठमाडौंमा घर भएको पहिले नै उल्लेख गरेकी थिएँ,’उनले आइतबार विज्ञप्ति जारी गर्दै उनले भनेकी छिन्,‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद् सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दु:ख व्यक्त गर्दछु ।’


सचिवालयको अभिलेखमा भाडा लिने सूचीमा आफ्नो नाम परेकोमा आश्चर्यमा परेको उनले बताइन् । अहिलेसम्म लिएको घरभाडा कट्टा गर्न सचिवालयलाई उनले आग्रह गरेकी छिन् । ‘मेरो नाममा घर भाडाबापत जम्मा भएको सुरुदेखिको अहिलेसम्मको रकम फिर्ता गर्न संसद् सचिवालयलाई हार्दिक अनुरोध गर्दछु,’उनले भनिन् । सचिवालयले उनलाई घरभाडाबापत मासिक १८ हजार उपलब्ध गराउँदै आएको छ । उनले गत चैतदेखि पुसम्म घरभाडाबापत १ लाख ८० हजार लिएकी छिन् । घर हुने सांसदले ९ हजार मर्मत खर्च पाउँछन् । अब उनले ९० हजार रुपैयाँ फिर्ता गर्नु पर्ने हुन्छ ।


सचिवालयका अनुसार काठमाडौं उपत्यकामा घर हुने विधायन समिति सभापति परशुराम मेघी गुरुङ, संसदीय सुनुवाई समिति सभापति लक्ष्मणलाल कर्ण, दीगो विकास तथा सुशासन समितिकी सभापति तारादेवी भट्टले मासिक २५ हजार घरभाडा लिइरहेका छन् । उनीहरुले संसद्‍मा काठमाडौंमा घर नभएको विवरण बुझाएर भाडा लिएका छन् ।


त्यस्तै कांग्रेस सांसद एवं पूर्वशिक्षामन्त्री चित्रलेखा यादव, किशोरसिंह राठोर, नेकपाका सांसद एवं उद्योगी मोतीलाल दुगड, रामेश्वर राय यादवले आफ्नो घर भएपनि सचिवालयबाट मासिक १८ हजार घरभाडा लिइरहेका छन् ।

प्रकाशित : माघ ६, २०७५ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?