२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

मेलम्ची ठेकेदारलाई १४ दिने म्याद, नत्र रद्द

काठमाडौँ — सरकारले मेलम्ची ठेक्का रद्द प्रक्रिया अघि बढाउँदै ठेकेदारलाई १४ दिने म्याद दिएको छ । मेलम्ची खानेपानी विकास समिति बैठकले आइतबार इटालियन ठेकेदार कम्पनी सीएमसीलाई ‘किन ठेक्का रद्द नगर्ने ?’ भन्ने जवाफ माग गरिएको पत्र पठाउँदै दुई साताको म्याद दिएको हो ।

मेलम्ची ठेकेदारलाई १४ दिने म्याद, नत्र रद्द

सरकारलाई चित्तबुझ्दो जवाफसहित नफर्किए ठेक्का सम्झौता रद्द भएको औपचारिक पत्र दिइनेछ । सीएमसी नफर्किए उसले बैंकमा राखेको अढाई अर्ब रुपैयाँ धरौटीसमेत जफत गर्ने सरकारको तयारी छ ।


वैशाखभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने योजनासाथ काम भइरहेको थियो । नयाँ प्रक्रियाबाट ठेकेदार छानेर काम थाल्दा अझै दुई वर्ष लाग्न सक्ने आयोजनाका अधिकारीले बताएका छन् ।

प्रकाशित : माघ ७, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?