कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सरकारले हिँड्न–बोल्नै दिएन : देउवा

आश गुरुङ

लमजुङ — कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बाध्यता आएको बताएका छन् ।‘सरकारले नागरिकलाई शान्तिसुरक्षा दिन सकेन, बोल्न र हिँड्न दिइएको छैन, मान्छे डराइडराई हिँडनुपरेको छ,’ प्रेस युनियन लमजुङ शाखाको छैटौं अधिवेशनलाई सोमबार बेसीसहरमा सम्बोधन गर्दै उनले भने, ‘सरकारको यस कार्यविरुद्ध आन्दोलन गर्नुपर्ने बाध्यता छ ।’

सरकारले हिँड्न–बोल्नै दिएन : देउवा

करिब ७ मिनेट बोलेका देउवाले अधिकांश समय सरकारको विरोधमा खर्चिए । ‘सरकारले जुन किसिमको आक्रमण गर्न खोजेको छ, कम्प्लेन गर्न खोजिएको छ, हतकण्डा मच्चाउन खोजिएको छ, प्रेसलाई डराउन खोजिएको छ, सेल्फ सेन्सरसिप लगाउन खोजिएको छ, यो सह्य होइन,’ उनले भने, ‘प्रेस निर्वाध रूपमा चल्नुपर्छ, अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी कांग्रेसले गर्छ ।’


ओली सरकार बनेपछि हत्या, हिंसा र बलात्कारका घटना एकपछि अर्को भइरहेको उनले आरोप लगाए । ‘निर्मला पन्तले लगाएको लुगासमेत धोइपखालेर प्रमाण नष्ट गर्ने षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘सरकारले निर्मलाको हत्या र बलात्कारीलाई बचाउन खोजेको छ ।’


कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले हरेक क्षेत्रमा कम्युनिस्ट हावी भएको आरोप लगाए । अर्का केन्द्रीय सदस्य दिलबहादुर घर्तीले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए ।

प्रकाशित : माघ ७, २०७५ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?