संवैधानिक आयोगको नियुक्तिमा आपत्ति छ : पौडेल

माधव अर्याल

पाल्पा — नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले संवैधानिक आयोगको नियुक्ति गरेकोप्रति आपत्ति जनाएका छन् ।

संवैधानिक आयोगको नियुक्तिमा आपत्ति छ : पौडेल

उनले वर्तमान नेकपा सरकारले विपक्षी दलका नेताको अनुपस्थितिमै संवैधानिक परिषद्को बैठक बसेर निर्णय गर्नु संविधानको मर्ममाथि प्रहार भएको बताए ।


नेपाली काँग्रेस जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटमा उनले विपक्षी दलको नेता बिना संवैधानिक परिषद्को बैठक बस्नु गलत भएको बताए । उनले यसरी विभिन्न आयोगमा नियुक्ति गरेकामा आपत्ति प्रकट गरे ।


‘सरकारले विपक्षी दलको नेता बिनाको बैठक राखेर संविधानको मर्ममाथि प्रहार गरेको छ,’ उनले भने, ‘संवैधानिक व्यवस्थालाई चुनौती दिने काम भएको छ ।’ उनले संवैधानिक परिषद्माथि चुनौती दिएर आफ्ना मान्छे नियुक्ति गर्ने काम गरेकामा आपत्ति जनाए ।


सरकारले प्रमुख विपक्षी दलको नेताको उपस्थिति बिना बैठक गरेर आइतबार विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेको थियो । उनले विपक्षी दलको नेताको अनुपस्थितिमा बसेको बैठकले कसरी काम गर्न सक्छ ? भनी प्रश्न समेत गरे ।

प्रकाशित : माघ ७, २०७५ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?