१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पूर्वगभर्नर रावल १० लाख धरौटीमा रिहा

काठमाडौँ — विशेष अदालतले पोलिमर नोट छपाइ भ्रष्टाचार मुद्दामा पूर्वगभर्नर तिलक रावललाई सोमबार १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

अख्तियारद्वारा दायर मुद्दामा सोमबार हाजिर हुन आएका रावलको बयान र थुनछेक बहसपछि अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।


अदालत स्रोतका अनुसार रावलले सोमबार १० लाख रुपैयाँ नगद बुझाएका हुन् । अख्तियारले मुद्दा दायर गर्दा रावलसहित आरोपीहरू फरार रहेको उल्लेख गरेकामा अदालतले उनीहरूलाई १५ दिनभित्र हाजिर हुन लिखित म्याद पठाएको थियो । रावल म्यादभित्रै हाजिर भएका हुन् ।

प्रकाशित : माघ ७, २०७५ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?